Logo

Banner-news

संक्रमण रोक्ने योजना र इच्छाशक्ति नै छैन, निषेधाज्ञा मात्र किन ?


GDP Nepal
   ३ भाद्र २०७७, बुधबार


काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या एक हजार नाघेसँगै तीनवटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको घोषणा गरेका छन् । बुधबार रातिदेखि लागू हुने निषेधाज्ञालाई कतिपयले दोस्रो चरणको लकडाउनको संज्ञा पनि दिएका छन् ।

निषेधाज्ञा लागू गर्नु आवश्यक नै भए पनि संक्रमण रोक्ने योजना सरकारसँग छैन । परीक्षणको दायरा निकै फराकिलो पार्नेदेखि आइसोलेसन तथा क्वारेन्टाइनसँगै बिरामीको उपचारका लागि नयाँ केन्द्र स्थापना गर्ने कुनै तयारी सरकारसँग छैन ।

विशिष्ठ र पहुँचवालाहरुको घरमै गएर स्वाब संकलन गर्ने र तुरुन्तै नतिजासमेत सार्वजनिक गर्ने सरकारले अति आवश्यकताका क्षेत्रमा समेत स्वाब संकलन र चाँडो नतिजाको बन्दोबस्त गर्न सकेको पाइँदैन ।

स्वास्थ्य क्षेत्रका जानकारहरुका अनुसार सरकारसँग कोरोना रोक्ने योजनामात्र नभइ इच्छाशक्ति पनि देखिँदैन । स्वास्थ्यमन्त्री भानुभक्त ढकालदेखि यससँग सम्बन्धित अधिकारीहरु खर्चको हिसाब केलाएर बस्ने गरेका छन् । जनस्वास्थ्यभन्दा पैसा ठूलो होइन भन्ने चेत उनीहरुमा छैन ।

यता, काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले बुधवार मध्यरात १२ बजेबाट एक साताका लागि निषेधाज्ञाको निर्णय गरिसकेको छ । सुरुमा एक साताका लागि भनिए पनि यो लामै समयसम्म जानसकने अधिकारीहरु बताउँछन् ।

निषेधाज्ञा अवधिमा औषधि, खाद्यान्नजस्ता अत्यावश्यकीय वस्तुको खरिदका लागि घरबाहिर निस्कन पाइने भए पनि अन्य कामका लागि भने निस्कन पाइने छैन । यस्तै, अत्यावश्यकीय सेवामा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षा निकाय र अत्यावश्यकीय सामग्रीको ढुवानीबाहेक सवारी सञ्चालनमा पनि रोक लगाइएको छ ।

तीनवटै जिल्लामा अत्यावश्यक सामग्री ढुवानी गर्ने बाहेक कुनै सवारी साधन प्रवेश गर्न नपाउने आदेशमा उल्लेख छ । कुनै पनि निजी तथा सार्वजनिक यात्रुवाहक सवारीसाधन पनि चलाउन पाइने छैन ।

हाल सञ्चालनमा रहेका सबै खालका उद्योग, व्यवसाय, पसल, रेस्टुरेन्टहरू पनि बन्द हुनेछन् भने बैंकहरूले न्यूनतम कर्मचारीमार्फत् स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेरमात्रै सेवा दिन पाउनेछन् ।

मंलवार एकै दिन एक हजार जनाभन्दा बढीमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ भने सातजनाको मृत्यु भएको छ। यो एकैदिन संक्रमित पुष्टि भएको तथा मृत्यु भएको उच्चचतम संख्या पनि हो ।

कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या नेपालमा २८ हजार नाघिसकेको छ भने ज्यान गुमाउनेको संख्या पनि ११४ पुगेको छ ।

प्रकाशित : ३ भाद्र २०७७, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह