काठमाडौं (एजेन्सी): हिजोदेखि फिन्सेन फाइल्सको चर्चा सर्वत्र छ । नेपालका कतिपय वाणिज्य बैंकले शंकास्पद गतिविधिमा सहयोग गरेको भन्दै आलोचना पनि भइरहेको छ । फिन्सेन फाइल्सको यो खुलासाले वित्तीय क्षेत्रमा सनसनी नै मच्चाइरहेको छ ।
तर, फिन्सेन फाइल्स के भन्ने कमैलाई मात्र जानकारी रहेको पाइन्छ । बीबीसीका अनुसार फिन्सेन फाइल्स २ हजार ६५७ दस्तावेजबारे खुलासा हो जसमा २ हजार १०० शङ्कास्पद गतिविधिसम्बन्धी प्रतिवेदन उल्ल्ेख छ ।
यद्यपि, सस्पिसियस एक्टीभीटी रिपोर्टस् आफैमा गलत कार्यको प्रमाण भने होइन। बैंकरूले आफ्ना ग्राहकबारे शङ्का गरेको खण्डमा ती दस्तावेज नियमनकारी निकायहरूलाई पठाउने गर्छन्।
नेपालको मात्र नभइ संसारभरको वित्तीय कानुन अनुसार उनीहरूले आफ्ना ग्राहक को हुन भन्ने विषयमा जानकार हुनुपर्छ। यसकारण बैंकहरुले सस्पिसियस एक्टीभीटी रिपोर्ट पेस गरे भन्दैमा ग्राहकहरूबाट कालो धन लिन भने पाउँदैनन्।
उनीहरूसँग आपराधिक गतिविधिबारे प्रमाण भए रकम कारोबारमा रोक लगाउनुपर्ने हुन्छ। उक्त खुलासाले विश्वका सबैभन्दा ठूला केही ब्याङ्कहरूबाट कसरी सम्पत्ति शुद्धीकरण गरिएको थियो र अपराधीहरूले रकम लुकाउन कसरी गुमनाम ब्रिटिस कम्पनीहरूको प्रयोग गरेका थिए भन्ने कुरा देखाएको छ।
ती दस्ताबेज बजफीड् वेबसाइटलाई दिइएको थियो।
त्यस्तै खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल ुइन्टरन्याशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट (आईसीआईजे)सँग पनि सस्पिसियस एक्टीभीटी रिपोर्टस् बाँडिएको थियो।
प्रतिक्रिया