Logo

अर्थनीति

प्रधानमन्त्रीको नयाँ विकासे फर्मूला– पहाडलाई मानवरहित बनाउने, खोला डाइभर्सन गरेर वस्ती बसाउने


appharu
   १ असार २०७५, शुक्रबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको विकास निर्माणसम्बन्धी एकपछि अर्को फर्मूला फुराइरहेका छन् । सरकारको बजेट र कार्यक्रम पुरानै ढर्राको भएको भन्दै सर्वत्र आलोचना भइरहे पनि प्रधानमन्त्रीले नयाँ नयाँ विकासे आइडिया दिन भने छाडेका छैनन् ।

काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि सुरु भएको सातौं घरजग्गा मेला अर्थात प्रोपर्टी एक्स्पोमा पनि प्रधानमन्त्रीले यस क्षेत्रका आफ्ना आइडिया सुनाउन भ्याए । नेपालका स्थापित व्यवसायीमात्र नभइ भूगोलविद्समेत उपस्थित रहेका कार्यक्रममा प्रधानमन्त्रीले भने– पहाडको चुचुरोमा किन चाहियो मानव वस्ती ? बरु तराईका नदी डाइभर्सन गरेर सिँचाइ गरौं र त्यहाँ मानव वस्ती विकास गरौं ।

आफ्ना आइडिया सुनेर सहभागी हाँस्न थालेपछि प्रधानमन्त्री झनै उत्साहित भए । “ पहाडको टुप्पोमा एउटा घर बनाएको हुन्छ, पानी लिन ३ घन्टा लाग्छ । त्यहाँ शिक्षा कसरी पुर्याउने ? स्वास्थ्य कसरी पुर्याउने ? उनीहरुको सोच कहिले बदलिने ?” उनी अझै रोकिएनन् ।

नेपालीहरु आफ्नो थातथलो छाड्न नचाहने मानवशास्त्रीय सिद्धान्तलाई समेत चुनौती दिँदै उनले भने– त्यो ठाउँमा किन बस्न पर्यो ? एउटा घरभन्दा अर्को घर बनाउने ठाउँ हुँदैन । त्यहाँ कुनैपनि सुविधा दिन सकिँदैन ।

प्रधानमन्त्री ओलीको परिवार पूर्वको तेह्रथुमबाट बसाइँ सरेर झापा आएको हो । उनको पहाडसम्बन्धी दृष्टिकोण नीति निर्माणको दृष्टिले उपयुक्त नै मानिए पनि नेपालको मौलिकता, संष्कृति तथा सोचसँग भने अमिल्दो देखिएको छ ।
राजा महेन्द्रले तराईमा जंगल फँडानी गर्दै वस्ती विस्तार गर्दासमेत पहाडको जनसंख्या घट्न सकेको छैन भने ओलीको नीतिविहीन बुद्धिविलासले पहाड मानवशून्य होला र ?

प्रकाशित : १ असार २०७५, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह