Logo

Banner-news

अन्जन श्रेष्ठको टिमलाई निर्यात व्यवसायी महासंघको समर्थन


GDP Nepal
   ३० कार्तिक २०७७, आइतबार


काठमाडौं । निर्यातजन्य उद्योग व्यवसायको क्षेत्रमा सक्रिय वस्तुगत संघहरुले स्थापना गरेको निर्यात व्यवसायी महासंघ नेपाल (एफईईन)ले नेपाल उद्योग बाणिज्य महासंघको वस्तुगततर्फका उपाध्यक्षका उम्मेदवार अन्जन श्रेष्ठको टिमलाई स्वागत गरेको छ ।

निर्यात व्यवसायीहरुको नीतिगत आवाज उठाउने संस्थाको रुपमा गठित सो संस्थाले महासंघ वरिष्ठ उपाध्यक्ष किशोर श्रेष्ठ प्यानलका वस्तुगत उपाध्यक्ष पदका उम्मेदवार श्रेष्ठ तथा उनको टिमलाई भव्य स्वागत गर्दै शुभकामना दिएको छ ।

अन्जन श्रेष्ठ

राजधानीमा आयोजित स्वागत तथा शुभकामना कार्यक्रममा निर्यात व्यवसायी महासंघका अध्यक्ष तथा प्रदेश सांसद राम बहादुर गुरुङ्गले आगामी अध्यक्ष शेखर गोल्छाको लागि उपयुक्त र ससक्त टिम चाहिने भन्दै अन्जन र उनको टिमलाई अत्यधिक बहुमतले जिताउन र भोट दिन सबैसँग अनुरोध गरेका छन् ।

अध्यक्ष गुरुङ्गले निजी क्षेत्रलाई सरकारले प्रयोग मात्र गरेको तर सहयोग नगरेको भन्दै आगामी नेतृत्वले निजी क्षेत्रलाई ससक्तरुपमा अगाडि बढाउनुपर्ने बताए ।

त्यसैगरि संस्थाका उपाध्यक्ष शंकर पाण्डेले फिनलाई सहयोगी संस्थाको रुपमा लिनुपर्ने र यसले महासंघसँग नै सहकार्य गरेर अगाडि जाने बताए । उनले नयाँ नेतृत्व “प्रोएक्टिभ” हुनुपर्ने भन्दै निर्यात व्यवसायलाई जोड दिन आग्रह गरे ।

कार्यक्रममा बोल्दै संस्थाका अर्का उपाध्यक्ष चण्डि अर्यालले रेमिट्यान्सले मात्र देशको अर्थतन्त्र धान्न नसक्ने भन्दै देशभित्रै निर्यातजन्य उद्योग संचालनको वातावरण बनाउनुपर्ने बताए ।

महासंघको निर्वाचनमा वस्तुगत तर्फका उपाध्यक्षका उम्मेदवार अन्जन श्रेष्ठले सरकारी नीतिगत अस्पष्टता हुँदा उद्योग व्यवसायलाई चुनौती थपिएको भन्दै स्पष्ट र दिर्घकालिन नीतिका लागि आफूले काम गर्ने बताए । उनले आफ्नो उद्योग व्यवसायको अनुभव सुनाउँदै श्रेष्ठले भने “व्यवसायी र निजी क्षेत्रको लगानीमा सरकारी नीतिले सुनिश्चित गर्नुपर्ने वातावरण बनाउन गोल्छा, प्रधान , म अनि ज्योती जीको समुहले सशक्त भूमिका निभाउने छ ।”
आगामी दिनमा देशभित्र रोजगार सिर्जना गर्न र उद्योगमैत्री वातावरण बनाउनका लागि नै ससक्त वस्तुगत तर्फको नेतृत्व हुनुपर्ने र त्यो आफुले गर्न सक्ने भन्दै आफूलाई बिजयी गर्न श्रेष्ठले अनुरोध गरे ।
कार्यक्रममा वर्तमान जिल्ला नगरतर्फका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार किशोर प्रधानले आगामी दिनमा गुणस्तरसहितको व्यवसायिक गतिविधि र कामहरु गर्नुपर्ने भन्दै उद्योगी व्यवसायीको हकहितका लागि असल काम गर्दा सरकार बाधक भएपनि अगाडि बढ्ने बताए ।

महासंघका वरिष्ठ उपाध्यक्ष गोल्छाले आफ्नो अहिलेको ३ वर्षको वरिष्ठ उपाध्यक्षको कार्यकालमा महासंघको नेतृत्वलाई केहि पूर्व अध्यक्षले चेतावनी दिने गरेकाले कामगर्न समस्या पार्दै आएको अनुभव व्यक्त गरे । उनले आफूले गएको ३ वर्षमा भोगेको नमिठो अनुभवलाई आगामी दिनमा चिर्न र सुधार्नका लागि पनि आफ्नो टिम चाहिने भएकाले वस्तुगत तर्फका उपाध्यक्ष अन्जन श्रेष्ठ र उनको टिमका लाई जिताउन अनुरोध गरे ।

नेपालको अर्थतन्त्र उच्च लागतसहितको भएको भन्दै त्यसलाई नघटाएसम्म निर्यात प्रतिस्पर्धी हुन नसक्ने भन्दै गोल्छाले नेपालको ब्राण्डिङ गरेर उत्पादन बिक्री गर्ने वातावरण बनाउन आफ्नो टीम दत्तचित्त भएर लाग्ने बताए ।

प्रकाशित : ३० कार्तिक २०७७, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह