Logo

Banner-news

टेलिकम सञ्चालकमा मेरो उम्मेदवारी किन ?


GDP Nepal
   २६ फाल्गुन २०७७, बुधबार


अम्बिका प्रसाद पौडेल

आदरणीय नेपाल टेलिकमका शेयरधनी महानुभावज्यूहरु
नेपाल टेलिकममा नेपाल सरकार ९१.४९ प्रतिशत , सर्वसाधारण शेयरधनीहरु र कर्मचारीहरुको ८.४८ प्रतिशत र नागरिक लगानी कोषको ०.०३ प्रतिशत स्वामित्व रहेको कम्पनी हो ।

१५ अर्ब चुक्ता पूँजी भएको यो कम्पनीको असार मसान्त सम्मको सञ्चित मुनाफा ७८ अर्ब भन्दा बढी रहेको छ भने स्थिर सम्पत्तिको हिसावले सबैभन्दा धनी कम्पनी हो ।

नेपाल टेलिकमले आफ्नो पूँजी र सञ्चित मुनाफा र स्थिर सम्पत्तिलाई सही किसिमले परिचालन गर्न सकेको खण्डमा सरकारलाई सबै भन्दा बढी राजश्व दिने,कर्मचारीहरुलाई सबै भन्दा बढी वोनस दिने र लगानीकर्ताहरुलाई सबै भन्दा बढि प्रतिफल दिने र पुँजीबजारको सबै भन्दा उत्कृष्ट सुचिकृत कम्पनी हुन सक्ने देखिन्छ।

आगामी २०७७ चैत्र२३ गते हुन गईरहेको साधारणसभामा सर्वसाधारण शेयरधनीको तर्फबाट एक संचालक सदस्यको निर्वाचन रहेको हुनाले सर्वसाधारण शेयरधनीको तर्फबाट मैले निर्वाचनमा सहभागी हुने इच्छा गरेको छु ।

नेपाल टेलिकममा मैले संचालकको रूपमा प्रतिनिधित्व गर्न सकेको अवस्थामा सो को व्यावस्थापन र सरकारी निकायहरुबाट प्रतिनिधित्व गर्ने संचालक बीच समन्वय कायम गर्दै मेरो लगानी सम्बन्धि ज्ञान अनुभव र बुद्धि विवेकको उच्चतम प्रयोग गरी नेपाल टेलिकमलाई उत्कृष्ट सेवा प्रदायक, उत्कृष्ट नाफा गर्ने कम्पनी र लगानीकर्ताहरूलाई दिने प्रतिफलमा समेत अब्बल बनाउनको लागि समन्वयकारी भूमिका निभाउने प्रतिबद्धता ब्यक्त गर्दछु ।

तसर्थ २०७७ चैत्र १३ गते आर्मी अफिसर्स कल्बमा हुने साधारण सभामा उपस्थित भई मलाई मतदान गर्नु हुन अथवा साधारण सभामा उपस्थित हुन नसकेमा प्रोक्सी दिई सहयोग गरी दिनु हुन विनम्र अनुरोध गर्दछु । हजुरको लगानीको उचित प्रतिफलका लागि तन मन र बुद्धि विवेकले कार्य गर्ने प्रतिवद्धता ब्यक्त गर्दछु।

अम्बिका प्रसाद पौडेल
लगानीकर्ता, नेपाल टेलिकम

लगानीकर्ता अम्बिका प्रसाद पौडेलको फेसबुकबाट

प्रकाशित : २६ फाल्गुन २०७७, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह