Logo

Banner-news

कानुनतः होटलको ढोका खोलिए पनि अधिकांश होटल बन्द छन्ः राणा


GDP Nepal
   ५ चैत्र २०७७, बिहिबार


काठमाडौं । होटल संघ नेपालका अध्यक्ष सृजना राणाले कानुनतः होटलको ढोका खोलिए पनि व्यवहारतः प्राय होटलहरु बन्द नै रहेको बताएकी छन्। संघले नेपालगञ्जमा गरेको एक कार्यक्रममा अध्यक्ष राणाले पर्यटन उद्योग यतिबेला अनिश्चय र अपहेलनाको सिकार भएको बताएकी हुन् ।

कोभिड–१९ को विशेष परिस्थिति र पर्यटक आगमनको अनिनिश्चितता हेर्दा तत्काल पर्यटन पुनरुत्थान सम्भव देखिँदैन र व्यवसाय खर्चहरु धान्न नै नसक्ने अवस्थामा पुगी पर्यटन उद्योग विशेष गरी होटल उद्योगहरु जीर्ण नै बन्दै गइरहेकोे छ, उनले भनिन् ।

अध्यक्ष राणाले राज्यका विभिन्न निकायसँगको छलफल तथा अन्य बैठकहरुमा होटल उद्योग प्राथमिकता प्राप्त उद्योग भनिए तापनि व्यवहारमा नहुँदा यस उद्योगलाई धेरै नै मर्का परेको बताइन् । होटल उद्योगलाई कानुनी तवरबाटै राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रुपमा घोषणा गरी कार्यान्वयनमा ल्याइनु पर्ने तर्फ होटल संघ नेपाल लागिपरेको अध्यक्ष राणाले बताइन् ।

राणाले कर्मचारी व्यवस्थापन, बैैंक, नगरपालिका कर तथा अन्य कर, विद्युत सम्बन्धी अन्य सुविधा, पर्यटन बिदा, संक्षिप्त वातावरणीय अध्ययन, आन्तरिक पर्यटन, पर्यटकीय उपजको वर्गिकरण, मापदण्ड तथा सुरक्षा, दर्ता तथा सूचीकृत र एकीकृत तथ्यांक प्रणालीका बारेमा सो अवसरमा प्रकाश पारिन् ।

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका नगरप्रमुख डा. धवलशमशेर राणाले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा नगरपालिकाबाट आवश्यक सहयोग हुने बताए ।

सो अवसरमा केन्द्रीय होटल संघ र क्षेत्रीय होटल संघ नेपालगन्जका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित : ५ चैत्र २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह