Logo

Banner-news

कोरोनाको दोस्रो लहर नेपालमा पनि जोखिमपूर्ण बन्दैछः डा. अनुप बास्तोला


GDP Nepal
   १० चैत्र २०७७, मंगलबार


डा. अनुप बास्तोला

स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि पुनः सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयले विज्ञप्ति नै जारी गरी देशभर भीडभाड हुने कुनै गतिविधि नगर्न, भौतिक दूरी कायम राख्न, मास्कको अनिवार्य प्रयोग र साबुन पानीले हात धुन, सेनिटाइजर प्रयोग गर्न अनुरोध गरेको हो ।

झट्ट सुन्दारहेर्दा धेरैलाई यो फेरि बन्देज किन लगाउनुपर्ने भन्ने लाग्दो हो । अहिले कोरोना भाइरस संक्रमणको जोखिमलाई बेवास्ता गर्दै हामी जसरी फुक्काफाल हिँडिरहेका छौं र जोखिम कम भएको महसुस गरेका छौं, यस्तो बेला फेरि किन सावधानी अपनाउनु भन्ने लाग्नु स्वभाविक हो। तर, यसको कारण छ ।

युरोपेली देश मात्र होइन छिमेकी देश भारतमा पनि कोरोना संक्रमणको नयाँ अध्याय शुरु भएको छ भन्दा फरक पर्दैन ।त्यस्तै असर नेपालमा पनि पर्न सक्छ ।किनकि, हालै मेरो जानकारीमा आएको एउटा घटनाले झस्काएको छ ।गत फागुन ७ गते एउटा होटलमा ५० जना जतिको जमघट भयो । हलमा हावा आउने(जाने ठाउँ थिएन ।

हलमा भित्रिने र बाहिरिने एउटै ढोका मात्र थियो । जमघट र खानपिन साँझ ६ बजेदेखि राति ११ बजेसम्म ९५ घण्टाजति० चल्यो । त्यसको एक सातापछि त्यही भेटघाटमा पुग्नु भएका एक व्यक्ति ज्वरो, खोकी र सास फेर्न समस्या भएपछि टेकू अस्पतालमा भर्ना हुनुभयो ।

उहाँमा कोरोना भाइरस पोजिटिभ देखिनुका साथै निमोनिया भइसकेको थियो । पाँच दिनको उपचारपछि उहाँ घर फर्किनु भयो । तर, अत्याउने किसिमको तथ्यांक त यो आयो कि, त्यो जमघटमा पुगेपछि पीसीआर गरेका ४० मध्ये १९ जनामा कोरोना भाइरसको संक्रमण देखियो, जसमध्ये ७ जना अस्पताल भर्ना हुनुभयो ।

मेरै एकजना आफन्त पनि निमोनिया देखिएपछि टेकू अस्पतालमै ४ दिन उपचार गराएपछि निको हुनु भयो ।उहाँलाई एक दिन मात्र ९९ डिग्री फरेनहाइड ज्वरो आयो, खोकी पटक्कै थिएन तर १२ दिनपछि निमोनिया देखियो । ५ घण्टा भेला भएका ५० मध्ये १९ जना संक्रमित र ७ जना अस्पतालमा भर्ना हुनु सामान्य कुरा होइन ।

यसले कोरोना भाइरसको संक्रमण फरक ढंगले हुँदैछ कि भन्ने आशंका बढाएको छ । यो भाइरस कति संक्रामक किसिमको होला भनेर चिन्ता लिन जरुरी छ । त्यसैले तपाईंहरु मनन गर्नोस्, मापदण्डको पालना कत्तिको आवश्यक हो । कृपया भोजभतेर, भीडभाड सकेसम्म नगरौं । मापदण्ड पालना गरौं

शुक्रराज ट्रपिकल अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाको ट्वीटरबाट

प्रकाशित : १० चैत्र २०७७, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह