Logo

Banner-news

निजी क्षेत्रसँगको सहकार्यले मात्र सरकार सफल हुन्छः वरिष्ठ उपाध्यक्ष ढकाल


GDP Nepal
   २० चैत्र २०७७, शुक्रबार


वीरगञ्ज । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले सरकार र निजी क्षेत्रबीचको सहकार्यले मुलुकमा छोटो समयमै समृद्धि हासिल हुने बताएका छन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिलाई कार्यभार हस्तान्तरण समारोहलाई शुक्रबार वीरगञ्जमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले तीनवटै तहका सरकारले निजी क्षेत्रसँग सघन रूपमा सहकार्य गर्नु आवश्यक रहेको धारणा राखे ।

ढकालले प्रदेश २ मा लगानीको अवसर पनि भएको र वातावरण पनि बन्दै गएको उल्लेख गर्दै यसमा निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्न प्रदेश २ सरकार र वीरगञ्ज उपमहानगरपालिकालाई आग्रह गरे ।

वीरगञ्जलगायत कतिपय स्थानीय तहका जनप्रतिनिधिको पृष्ठभूमि उद्योग व्यवसाय नै रहेको स्मरण गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रका समस्या बुझ्नसक्ने राजनीतिक नेतृत्व नै सफल हुने बताए।

नेपाल उद्योग वाणिज्य महासंघले भिजन पेपर २०३० ल्याउन लागेको र त्यसमा आउँदो १० वर्षभित्र २२ लाख नयाँ रोजगारी सिर्जना गर्दै अर्थतन्त्रको आकार १ सय खर्ब पुर्याउने लक्ष्य राखिएको जानकारी दिँदै यसको कार्यान्वयनका लागि वीरगञ्ज उद्योग वाणिज्य संघजस्ता संस्थाको भूमिका महत्वपूर्ण हुने बताए ।

व्यावसायिक मुद्दामा वीरगञ्ज उद्योग वाणिज्य संघले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा लिएको उनको भनाइ छ ।

प्रकाशित : २० चैत्र २०७७, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह