Logo

Banner-news

नेपालको स्थिति भारतको भन्दा भयावह, १५ दिनमै थपिए एक लाखभन्दा बढी संक्रमित !


GDP Nepal
   २९ बैशाख २०७८, बुधबार


काठमाडौं । नेपालको छिमेकी मुलुक भारतमा कोरोना संक्रमण भयावह भएको एक महिनाभन्दा बढी भइसक्यो । भारतका अस्पतालमा अक्सिजन अभाव, उपचारका लागि शैय्याको अभाव तथा अकालमा ज्यान गुमाउनेको संख्या ह्वात्तै बढेको थियो ।

नेपालको स्थिति भारतको भन्दा बिकराल देखिन्छ । हालसम्म सबैभन्दा बढी संक्रमण भएको अमेरिकाको तुलनामा भारतमा संक्रमण दर तीन गुणा तथा रुसको तुलनामा छ गुणा बढी रहेको बताइन्छ । तर, नेपालको स्थिति हेर्दा जनसंख्या र भूगोलको अनुपातमा भारतमा भन्दा बढी संक्रमण तथा मृत्युदर देखिन थालेको छ ।

पछिल्लो २४ घन्टामा भारतमा ३ लाख २९ हजारमा संक्रमण देखिएको र ३ हजार ८७६ जनाले ज्यान गुमाएको तथ्यांक छ । १ अर्ब ४० करोड जनसंख्या भएको भारतमा यो तथ्यांक भनेको नेपालको तीन करोड जनसंख्यामा २२५ जनाले ज्यान गुमाएको भन्दा निकै कम हो ।

स्वास्थ्य मन्त्रालयले दैनिक सार्वजनिक गर्ने तथ्यांकअनुसार परीक्षण गराएका मानिसहरूमा सङ्क्रमण दर निरन्तर उकालो लाग्दै औषत ५० प्रतिशत पुगेको देखिन्छ।

मन्त्रालयका अनुसार विगत १५ दिनमा १ लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । परीक्षण नगराउने संक्रमितको संख्या कति छ भन्ने एकीन छैन ।

पछिल्लो १५ दिनमा कोभिडकै कारणले थप ६८३ जनाको ज्यान गएको छ। १५ दिनयता दैनिक औसत मृतकको सङ्ख्या ४५ जना हुन जान्छ।

वैशाख १३ गते कुल सङ्क्रमितको सङ्ख्या ३,०३,५६१ थियो भने वैशाख २७ गते ४,०३,७९४ पुगेको छ।वैशाख १३ गते २४ घण्टाको अवधिमा ३,५५६ जनामा सङ्क्रमण पुष्टि भएको थियो भने सोही अवधिभित्र सात जनाको मृत्यु भएको थियो।

मंगलबारको तथ्याङ्क हेर्दा ९,४८३ जनामा सङ्क्रमण देखियो भने २४ घण्टाको अवधिमा २२५ जनाको मृत्यु भएको छ ।

प्रकाशित : २९ बैशाख २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह