Logo

Banner-news

चेम्बर अध्यक्ष मल्लको प्रश्नः आर्थिक गतिविधि शिथिल छन्, राजस्व लक्ष्य कसरी पूरा हुन्छ ?


GDP Nepal
   १५ जेष्ठ २०७८, शनिबार


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारले अघि सारेको राजस्व लक्ष्य पूरा हुने सम्भावना नरहेको टिप्पणी गरेका छन् । मल्लले कोरोनाको दोस्रो लहरले आर्थिक गतिविधि शिथिल भएको भन्दै यसले राजस्व लक्ष्यसमेत पूरा नहुने बताए ।

सरकारले आगामी आर्थिक वर्षका लागि १० खर्ब २४ अर्ब ९० करोड आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । चेम्बर अध्यक्ष मल्लले कोरोनाको दोस्रो लहर सुरु भइसकेपछि त्यसलाई सम्बोधन गर्नेगरी बजेट आउन नसकेको बताए ।

राजेन्द्र मल्ल

अध्यक्ष मल्लले भने, हामीले दिएका सुझाव केही कार्यान्वयनमा आएका छन्, तर त्यसबाट हामी खुसी हुन सकेका छैनौं किनकी ति सुझाव कोभिडको दोस्रो लहरभन्दा अगावैको अवस्थामा उपयुक्त भए पनि अहिले परिस्थिति फेरिइएको छ र बजेटले त्यो फेरिएको अवस्थालाई भने सम्बोधन गर्न सकेको छैन ।

चुनाव घोषणा गरेको सरकारले ल्याएको १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको बजेट कार्यान्वयन हुनेमा पनि चेम्बर अध्यक्ष मल्लले आशंका गरेका छन् । बजेटले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको देखिए पनि स्रोत व्यवस्थापनमै चुकेका कारण कार्यान्वयनमा आशंका रहेको उनको भनाए छ ।

प्रकाशित : १५ जेष्ठ २०७८, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह