Logo

बिजनेस होम

बजेटले निर्यातजन्य व्यवसायीलाई मल्हम लगाउने प्रयास गरेको छः इकोन


GDP Nepal
   १९ जेष्ठ २०७८, बुधबार


काठमाडौं । नेपाल निर्यात परिषद (इकोन)ले आर्थिक वर्ष २०७८ ७९ को बजेट निर्यात व्यवसायमैत्री रहेको भन्दै सकारात्मक प्रतिक्रिया जनाएको छ । बजेटले निर्यातजन्य व्यवसायीलाई मल्हम लगाउने प्रयास गरेको इकोनको भनाइ छ ।

निर्यात व्यापार प्रवर्द्धनका लागि बजेटका व्यवस्था सकारात्मक रहेको र त्यसको कार्यान्वयन हुन सके नेपालको निकासी व्यापारले नयाँ उचाइ हासिल हुनसक्ने इकोन अध्यक्ष हरिबहादुर कार्कीले बताए । उनका अनुसार बजेटमा रहेका स्वदेशी बस्तुको बृहत उत्पादन, बजारीकरण एवम् मेड इन नेपाल, मेक इन नेपाल अभियान सञ्चालन गर्ने तथा स्थानीय कच्चा पदार्थ र श्रममा आधारीत उत्पादन अभिबृद्धि उत्पादनलाई बजार प्रवद्र्धन गर्न ईन्टनेटको प्रयोग गरी भर्चुअल टे«ड शो को आयोजना गर्ने व्यवस्था सकारात्मक छन् ।

इकानेले नेपालमा भ्रमण गर्ने विदेशी पर्यटकलाई एक महिना अवधिको पर्यटकीय भिषा निःशुल्क, श्रमिकको सीप विकास गरी क्षमता अभिबृद्धि गर्न सीप बिकास तालिम, सार्क हस्तकला भवन निमार्ण कार्य सम्पन्न, काठमाण्डौ उपत्यका भित्र अन्तराष्ट्रिय स्तरको प्रदर्शनी केन्द्रको निर्माण गर्ने व्यवस्थाको पनि स्वागत गरेको छ ।

यस्तै, निर्यात गृहको स्थापना र सञ्चालन ,वण्डेड वेयर हाउसको सुविधा अन्तर्गत निर्यातमुलक उद्योगले बैंक ग्यारेन्टीमा आयात गरेको कच्चा पदार्थबाट उत्पादित वस्तु समयमै निर्यात गर्न नसकेका उद्योगको लागि निर्यात गरि बैक ग्यारेन्टी फुकुवा गर्ने म्याद २०७८ चैत्र मशान्त सम्म बढाइएको ,कोभिड १९ प्रभावित व्यवसायीका लागि पुर्नकर्जा सुविधालाई निरन्तरता र पुर्नकर्जा सुविधा उपयोग गर्न पाउने व्यवासायको क्षेत्र र रकमको सीमा विस्तारले निर्यात व्यवसायी उत्साहित भएको इकोन अध्यक्ष कार्की बताउँछन् ।

तयारी पोशाक, पश्मिना,गलैंचा, जुट,रेशम र कपासमा आधारित निर्यातजन्य वस्तुको उत्पादन एवम निर्यातको सम्भावना रहेका उच्च मुल्ययुक्त बनस्पती र जडिबुटीको व्यवसायिक उत्पादन, प्रशोधन, प्रमाणीकरण र बजारीकरण गर्न प्रोत्सहित ,अलैंची, चिया, कफि, अदुवा, जडिबुटि लगायत नेपालको पर्यावरण अनुकुल र मौलिक पहिचान भएका उत्पादनको उत्पादन, प्रशोधन, प्याकेजिङ्ग र ब्राण्डिङ्ग गरि अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त गुणस्तर प्रमाणिकरण, व्यवस्था, निकासी प्रर्वद्धन गर्न निजी क्षेत्रलाई थप सहुलियत प्रदान गर्ने निर्णयको पनि इकोनले प्रशंका गरेको छ ।

बजेटमा अन्तराष्ट्रिय व्यापार सुरक्षित बैदेशिक लगानी र पर्यटन प्रर्वद्धनका लागि परिभाषित जिम्मेवारी सहित विदेशस्थित कुटनीतिक नियोगलाई थप क्रियाशिल बनाउने ,तुलनात्मक लाभका उद्योगको स्थापना र सञ्चालन गर्न निजीक्षेत्रलाई सहुलियत प्रदान ,बैदेशिक लगानाीबाट स्थापित उद्योगको लगानी फिर्तालाई सरलिकरण गर्ने, एकल विन्दु सेवा केन्द्रवाट लगानीकर्तालाई प्रदान गरीने सेवा विद्युतीय माध्यमबाट उपलव्ध गराईने भनिएकोमा इकोनले त्यसको कार्यान्वयनमा जोड दिएको छ ।

यस्तै, निर्यातजन्य उद्योगमा विदेशी लगानि आकर्षित गर्ने ,विदेशी लगानीकर्ताले नेपालमा उत्पादन गरी आप्mनो देशमा शतप्रतिशत निकासी गरेमा त्यस्ता उद्योगलाई आयकरमा थप छुट दिईने , पश्मिना, फेल्ट,नेपाल हब्र्स, एभरेष्ट विग कार्डामम,नेपाल टी हिमालयन नेप्लिज कार्पेट,नेपाल कफि लगायत सामुहिक ट्रेडमार्कको अन्तराष्ट्रिय वजार प्रवद्र्धन गर्नेर सामुहिक ट्रेडमार्क को नविकरण दस्तुर नेपाल सरकारले व्यहोर्ने व्यवस्था,अर्गानिक प्रमाणिकरणका लागि लाग्ने शुल्क छुट दिने व्यवस्थाले निर्यात व्यापारमा गुणात्मक परिवर्तन देखिने इकोनको भनाइ छ ।

यस्तै, अघिल्लो आर्थिक बर्षको भन्दा थप परिमाण र मूल्यको सामग्री निर्यात गर्ने निर्यातकर्तालाई थप अनुदान दिने र निर्यात अनुदानलाई उत्पादकको तहसम्म पु—याउने जस्ता राम्रा कार्यक्रमले समस्यामा परेका निर्यातजन्य उद्योग व्यवसायमा संलग्न उद्यमी व्यवसायीहरुलाई मल्हम लगाउने जस्तो देखिएको इकोनक अध्यक्ष कार्की बताउँछन् ।

बजेट समग्रमा राम्रो रहेको र यसको अक्षरस कार्यान्वयन भएमा आगामी दिनहरुमा नेपालको निर्यात व्यापार बढ्न गई राष्ट्रिय अर्थतन्त्र समेत मजबुत हुन जानेछ भन्ने कुरामा निर्यात व्यापार संलग्न सम्पूर्ण उद्यमी, व्यसायीहरुको प्रतिनिमूलक संस्था नेपाल निर्यात परिषद् आशावादी रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : १९ जेष्ठ २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह