Logo

बिजनेस होम

विज्ञ समूहबाट विवादित हरिभक्त हटाइए, फेवाताल मिच्ने सुनिल शाक्यलाई अझै मन्त्रीको संरक्षण !


appharu
   २४ असार २०७५, आइतबार


काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई उड्डयन क्षेत्रको विज्ञ समूहबाट विवादास्पद व्यक्ति हरिभक्त श्रेष्ठलाई हटाए पनि फेवाताल मिच्ने अभियोग लागेका सुनील शाक्यलाई भने पर्यटन क्षेत्रको विज्ञ समूहबाट हटाएको छैन ।

मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै श्रेष्ठका सम्बन्धमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । यस सम्बन्धमा असार २४ को मन्त्रीस्तरीय निर्णयअनुसार श्रेष्ठलाई विज्ञ सूचिबाट हटाइएको प्रवक्ता घनश्याम उपाध्यायद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

तर, मन्त्रालयले गत वैशाख तेस्रो साता गठन गरेको ३५ सदस्यीय पर्यटन क्षेत्रका विज्ञहरुको समूह (थिंक ट््यांक)मा रहेका विवादास्पद व्यक्ति सुनील शाक्यलाई यथावत राखिएको छ ।

 

शाक्यको रिसोर्ट पार्क भिलेज वाटर फ्रण्ट रिसोर्टले फेवाताल अतिक्रमण गरेको भन्दै विभिन्न समाचार माध्यममा समाचारहरु प्रकाशित भए पनि यसमा भने मन्त्रीको ध्यानाकर्षण हुन नसक्नुलाई रहस्यमय रुपमा लिइएको छ ।

मन्त्री रवीन्द्र अधिकारी आफैं पोखराबाट निर्वाचित सांसदसमेत रहेकाले धेरैले फेवाताल अतिक्रमण गर्नेमाथि कारवाही हुने अपेक्ष गरे पनि पछिल्लो कदमले भने उनैले संरक्षण दिइरहेको आरोपमा बल पुगेको छ ।

प्रकाशित : २४ असार २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह