Logo

Banner-news

कोभिडले आर्थिक क्षेत्रमा पारेको प्रभाव न्यूनीकरणमा सघाउन संघईको अपिल


GDP Nepal
   २९ जेष्ठ २०७८, शनिबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति रामचन्द्र संघईले कोभिडा कारण नेपालको आर्थिक सामाजिक क्षेत्रमा पारेको प्रभाव न्यूनीकरणका लागि वाह्य क्षेत्रसँग सहयोथको अपिल गरेका छन् ।

अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०९ औं बैठकलाई नेपालका रोजगारदाताको तर्फबाट शुक्रबार सम्बोधन गर्दै संघईले यस्तो अपिल गरेका हुन् ।

रामचन्द्र संघई

कोरोना महामारीको कारण पहिलो पटक भर्चुअल माध्यमबाट आयोजना भईरहेको उक्त सम्मेलनमा सभापति संघईले कोभिड–१९ महामारीको पीडा सम्पूर्ण विश्वलेनै भोग्नु परेको र यो महामारीले अर्थतन्त्रका सबै क्षेत्र, रोजगारी र समग्र सामाजिक जनजीवनलाई प्रभावित पारेको बताए ।

“यसबाट भएको आर्थिक सामाजिक नोक्सानीको क्षतिपुर्ति हुन केही वर्ष लाग्ने हुंदा सबै मुलुक बीचको आपसी सहयोग र सहकार्यका लागि अनुरोध गर्दछु,” उनले भने ।

सम्बोधनको क्रममा सभापति संघईले गतवर्ष नेपालमा कोरोना संक्रमण फैलिन शुरू भए लगत्तै सरकारले देशव्यापी बन्दाबन्दी जारी गरेको र यो बन्दाबन्दी लगातार तीन महिनाभन्दा बढी कायम रहदा सम्पूर्ण आर्थिक गतिविधिहरू ठप्प हुन गई ठूलो नोक्सानी व्यहोर्नु परेको, यसबाट पर्यटन क्षेत्र, लघु, घरेलु र साना उद्योग व्यवसाय अत्यन्त प्रभावित हुनुको साथै पहिलो पटक दुई दशक यता मुलुकको आर्थिक वृद्धि ऋणात्मक भएको जानकारी गराए ।

यसबाट लाखौको रोजगारी गुमेको र गरिबीको प्रतिशत बढन गएको संघईको भनाइ छ ।
महामारीका कारण अहिले मुलुक कठिन अवस्थाबाट गुज्रिरहेको र कोरोनाको नयां भेरियन्ट तीब्र रूपमा फैलिरहेको हुंदा यसमा नियन्त्रण गर्न सरकारले प्रयास गरिरहेको र निजी क्षेत्रले पनि सामाजिक जिम्मेवारी महशुस गरी सरकारसंग सहकार्य गर्दै कोरोना प्रभावित जनतालाई विभिन्न माध्यमबाट सहयोग गरिरहेको कार्यक्रममा सभापति संघईले जानकारी गराए ।

“मुलुकमा असल श्रम सम्बन्धको प्रवद्र्धनका साथै महामारीबाट सिर्जित परिस्थितिको सामना गर्न हामी रोजगारदाताले ट्रेड यूनियनसंगको संवादलाई महत्व दिएका छौ र लकडाउन अवधिको ज्याला भुक्तानी लगायतका विषयमा सहमति समेत गरेका छौं,” उनले भने, “परिवर्तित सन्र्दभमा सूचना प्रविधिको बढ्दो प्रयोग, कामगर्ने पद्धतिमा आएको परिवर्तनबाट श्रम बजार र श्रम सम्बन्धमा पनि परिवर्तन आउने र यसबाट रोजगारी कटौती तथा नयां शीपयुक्त जनशक्तिको आवश्यकता पर्ने देखिन्छ ।”

सभापति संघईले कार्यस्थलको सुधार, स्वास्थ्य सेवा र सामाजिक सुरक्षाका क्षेत्रमा थप लगानी गर्नु पर्ने आवश्यकता रहेको कुरामा पनि जोड दिए ।

नेपालका रोजगारदाता संस्थाले नीतिगत सुधार एवं केन्द्र, प्रदेश र स्थानीय सवै तहमा सामाजिक संवादको संयन्त्रणको सवलीकरण गर्ने काम गरिरहेको र रोजगारदाता संस्थाले तय गरेका रणनीति र कार्यक्रमहरू रोजगारी सिर्जना, आर्थिक वृद्धि र व्यसायको दीगोपनमा केन्द्रीत रहेको उनले कार्यक्रममा उल्लेख गरे ।

आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान गर्ने, साना तथा मझौला व्यवसायको प्रवद्र्धनमा प्राथमिकता दिई काम गरिरहेको जानकारी गराउदै रोजगारदाताले तय गरेका कार्यक्रमहरु संचालन गर्न आइएलओबाट थप सहयोग प्राप्त हुने अपेक्षा गरिएको उनको भनाइ छ ।

१७६ भन्दा वढी मुलुकका प्रतिनिधिहरूको सहभागिता रहेको आइएलओ बैठक जून ३ देखि १८ सम्म सञ्चालन हुने र श्रम सम्मेलनमा कोभिड–१९ महामारीको संकटबाट मुक्त हुन अपनाउन पर्ने उपाय र रणनीति, दिगो आर्थिक पुर्नउत्थान, सामाजिक सुरक्षा, बालश्रम र अन्र्तराष्ट्रिय श्रम संगठन शताव्दी घोषणाको कार्यान्वयन लगायतका विषयमा छलफल हुने कार्यक्रम छ ।

प्रकाशित : २९ जेष्ठ २०७८, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह