Logo

Banner-news

उत्पादनशील युवा विदेसिँदा स्वदेशमा विकास निर्माण प्रभावितः डा. भुसाल


GDP Nepal
   ३१ जेष्ठ २०७८, सोमबार


काठमाडौं । युवा अर्थशास्त्री डा. दामोदर भुसालले उत्पादनशील युवा विदेसिँदा स्वदेशमा विकास निर्माण प्रभावित भएको भन्दै दक्ष जनशक्तिलाई स्वदेशमै राख्ने वातावरण निर्माण गर्नुपर्ने बताएका छन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० उद्यमशील टोल विकास संस्था अन्तर्गत युवा समूहले विदेशबाट फर्केकालाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा डा. भुसालले विप्रेषण आय नेपाली अर्थव्यवस्थाको मेरुदण्ड भए पनि उत्पादनशील युवा विदेशिँदा स्वदेशमा दक्ष जनशक्ति अभाव रहेको धारणा राखे ।

नेपाली कांग्रेसका युवा नेता भुसाल रेमिट्यान्स विज्ञ हुन् । उनले दुई वर्षअघि चीनको पेकिङ विश्वविद्यालयबाट नेपालको सामाजिक जीवनमा विप्रेषणले पारेको प्रभावका विषयमा विद्यावारिधी गरेका थिए ।

दक्ष जनशक्ति अभावमा देशभित्र विकास निर्माणका गतिविधिहरु प्रभावित भएको उल्लेख गर्दै डा. भुसालले वैदेशिक रोजगारीमा रहेका सबै युवाहरूलाई विदेश बसाइलाई अर्थपूर्ण बनाउँदै निश्चित समयभित्र पूँजी ज्ञान र सीप आर्जन गरी स्वदेश फर्कन आह्वान गरे ।

“देश प्रेमको भावना देशमाभन्दा प्रदेशमा रहदा अनुभूति हुन्छ, त्यसैले हरेक विपत्तिमा प्रवासी नेपालीहरुले निस्वार्थ रुपमा सहयोग गरिरहेका छन्,” भुसाल भन्छन्, “कोभिड १९ को महामारीमा अक्सिजन सिलिन्डर तथा स्वास्थ्य सामग्रीको अभावमा देश छट्पटाइ रहँदा प्रवासी नेपालीले व्यक्तिगत रहर र आवस्यकताहरुलाई संकुचन गर्दै ठूलो मात्रामा स्वास्थ्य सामग्री पठाएर नेपाली नागरिकको जीवन रक्षा गर्ने काम गरेका छन् ।”

जनस्वास्थ्यको जिम्मेवारी लिएको नेपाल सरकार कमिसनको खेलमा लिप्त हुँदा सार्वजनिक स्वास्थ्य सेवा प्रभावित भएको भन्दै भुसालले प्रवासी नेपालीको निस्वार्थ सेवाको प्रशंसा गर्दै सम्मान व्यक्त गरे ।

कार्यक्रममा उद्यमशील टोल विकास संस्थाका अध्यक्ष घनसिंह पुनले संस्थाका गतिविधि, उद्देश्य, भावी योजना तथा कार्यक्रमका बारेमा प्रकाश पारेका थिए ।

पुनले टोललाई परिवारको संज्ञा दिँदै टोल बिकासमा सबैको हातेमालो भयो भने टोलले छोटो समयमा चौतर्फि बिकास गर्ने धारणा राखे ।

विदेशबाट फर्केकाहरुको सम्मान
वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै केही गरौं भन्ने भावना भएकाहरुलाई स्थानीय स्तरमा सम्मान गरिएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० उद्यमशील टोल विकास संस्था अन्तर्गत युवा समूहले विदेशबाट फर्केकालाई सम्मान गर्दै नौलो अभ्यास आरम्भ गरेको हो ।

वैदेशिक रोजगारबाट फर्किएका र बहादुर घिमिरे, आश बहादुर बि. क., हेम बहादुर घिमिरे, शंकर मुसहर, पुरन बिकलाई आइतबार दोसल्ला ओढाइ सम्मान गरिएको थियो । हेम घिमिरे जापानबाट, र बहादुर घिमि बहराइनबाट, आश बहादुर बिक मलेसियाबाट फर्केका हुन् । उनीहरुले कार्यक्रममा आ–आफ्नो अनुभव साटेका थिए ।

युवा समूहका अध्यक्ष कृष्ण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम प्रदीप विश्वकर्माले सञ्चालन गरेका थिए ।

प्रकाशित : ३१ जेष्ठ २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह