Logo

Banner-news

उपत्यकामा निषेधाज्ञा थपियो, हवाई सेवासँगै सार्वजनिक यातायात पनि खुल्ने


GDP Nepal
   १४ असार २०७८, सोमबार


काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साताका लागि थप गरिए पनि अधिकांश सेवा भने खुला गरिएको छ । वैशाख १६ गतेदेखि लागू गरिएको निषेधाज्ञामा भीडभाड हुने सीमित क्षेत्रबाहेक अधिकांश खुला गरिएको छ । यस्तो निषेधाज्ञा असार २१ गतेसम्म कायम हुने उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले जानकारी दिएका छन् ।

सरकारले यसअघि असार १७ गतेदेखि आन्तरिक उडान खुला गर्ने निर्णय गरिसकेको छ भने सोमबारको निर्णयपछि अब जोरबिजोर प्रणालीमा मङ्गलवारदेखि नै सामाजिक दूरी कायम गरेर र स्वास्थ्य सावधानी पालना गरेर सार्वजनिक यातायात पनि चल्ने भएका छन्।

तर उपत्यकाभित्र सञ्चालन हुने २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक यात्रुवाहक सवारी साधनले मात्र जोरबिजोर प्रणालीमा सञ्चालन गर्न पाउनेछन् । यस्तै ति सवारीसाधन बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म चलाउन पाइने आदेशमा उल्लेख छ।

नयाँ निर्णयपछि पनि सबै प्रकारका सभा सम्मेलन र तालिम वा सेमिनारहरू। सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, दोहोरी, नाचघर, क्लबहरू सञ्चालन गर्न नपाइने क्षेत्रहरूमा रहेका छन् ।

यस्तै, सञ्चालन गर्न नपाइने अन्य क्षेत्रहरूमा स्विमिङ पुल, मनोरञ्जन स्थल, सैलुन, ब्युटिपार्लरहरू हेल्थ क्लब, फुटसल, जिमखाना, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना, रङ्गशालामा दर्शकसहित हुने खेलकुद रहेका छन् ।

खुला स्थानमा मानिसहरू भेला हुने सभा सम्मेलन, जुलुस र भोजभतेरहरू पनि गर्न पाइने छैन भने होटेल र पार्टी प्यालेसमा हुने विवाह, व्रतबन्ध र सामूहिक सांस्कृतिक कार्यक्रमहरू हुने छैनन् । पुजारीबाट हुने नित्य पूजाबाहेक अन्य धार्मिक गतिविधिहरू तथा शैक्षिक संस्थाहरूमा भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाइने निर्णयमा उल्लेख छ ।

प्रकाशित : १४ असार २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह