नेपाली बजारमा आज सुनचाँदीकाे मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६०० रुपैयाँले घटेर ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य ९७ हजार रुपैयाँ कायम भएको छ। महासंघका अनुसार आज चाँदी तोलामा १५ रुपैयाँले घटेर १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ ।