काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा लगानीको वातावरण बिग्रन नदिने तर्फ गम्भीर हुन सबै सरोकारवालालाई आग्रह गरेका छन् । भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा एनसेल, चौधरी ग्रुपको सिजी पार्क र चन्द्रागिरि हिल्समा भएको आगजनी तथा तोडफोडको शनिबार स्थलगत निरीक्षण गर्दै अध्यक्ष ढकालले यस्ता घटनाले लगानीको वातावरणमा…