काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको अध्यक्षमा मदनकृष्ण शर्मा निर्वाचित भएका छन्। शुक्रबार ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको २९ औँ साधारणसभाले वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट समेत रहेका शर्मालाई अध्यक्षमा निर्वाचित गरेको हो। त्यस्तै, सभाले कार्यसमिति सदस्यमा सुनिता गुरुङ, लीलाप्रसाद सापकोटा, सुरेन्द्रवीर मालाकार, सरोजप्रसाद पाण्डे, महेन्द्रनारायण श्रेष्ठ, राजेशकुमार जोशी र सीता भट्टलाई निर्विरोध निर्वाचित गरेको छ। नवनिर्वाचित अध्यक्ष शर्मा…