Logo

कर्पोरेट-बजार

रामेछाप उद्योग वाणिज्य संघको निर्वाचन: अध्यक्षमा प्रतिस्पर्धा हुने, अन्य सबै पद निर्विरोध


GDP नेपाल
   ११ चैत्र २०८२, बुधबार


रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा अध्यक्ष पदमा मात्र प्रतिस्पर्धा हुने भएको छ । अन्य सबै पदमा निर्विरोध नेतृत्व चयन भएको छ ।

संघको १५ सदस्यीय कार्यसमितिमध्ये अध्यक्ष बाहेकका सबै पदमा एकल उम्मेदवारी परेपछि निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ । अध्यक्ष पदका लागि भने दुई जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ ।

मंगलबार स्वतन्त्र उम्मेदवारका रूपमा वर्तमान महासचिव कुमार श्रेष्ठले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । उनीसँग प्रतिस्पर्धा गर्न नेपाली काँग्रेस, नेकपा ९एमाले० र नेकपा निकट व्यवसायीहरूको संयुक्त प्यानलबाट निवर्तमान वरिष्ठ उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठ पनि मैदानमा छन् ।

निर्विरोध चयन हुने पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्षमा आकाश रिजाल, वाणिज्य उपाध्यक्षमा सुरेश उदास, उद्योग उपाध्यक्षमा राम सुदिश शाह सोनार, महासचिवमा यज्ञ प्रसाद सुवेदी, सचिवमा सिताराम लोहार र कोषाध्यक्षमा झनकबहादुर बुढाथोकी (उत्तम) रहेका छन् ।

त्यसैगरी, संयुक्त व्यवसायी टिमबाट वासुदेव फुयाँल आजीवन कार्यसमिति सदस्यमा पुनः चयन भएका छन् । महिला सदस्यमा मञ्जु माझी निर्विरोध हुँदा खुल्ला सदस्यतर्फ श्याम कुमार श्रेष्ठ, किशोर पौडेल, सुरोज कुमार तामाङ, देवचन्द्र कठेत र राजु श्रेष्ठ चयन भएका छन् ।

यस पटक पहिलोपटक समावेश गरिएको एसोसियट सदस्यतर्फ टिकाराज आरण निर्विरोध रूपमा कार्यसमितिमा प्रवेश गरेका छन् ।

संघको १५ औँ वार्षिक साधारणसभा चैत १९ र ९ औँ जिल्ला अधिवेशन तथा निर्वाचन चैत २० गतेका लागि तय गरिएको छ । अध्यक्ष पदमा हुने प्रतिस्पर्धालाई संघको आगामी नेतृत्व चयनमा विशेष चासोका साथ हेरिएको छ ।

प्रकाशित : ११ चैत्र २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह