काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको ३३ औं वार्षिकोत्सव शुक्रबार मनाइँदैछ । यस अवसरमा प्रत्येक कर्मचारीलाई प्राधिकरणले ३ हजार रुपैयाँ उत्सव भत्ता दिने भएको छ । सबैजसो सरकारी संस्थानमा कर्मचारीलाई उत्सवभत्ता दिने चलन छ । प्राधिकरणमा यसअघि ३२ औं वार्षिकोत्सवमा १ हजार ५ सय रुपैयाँ भत्ता दिइएकोमा त्यसलाई दोब्बर बनाएर ३ हजार पु¥याइएको प्राधिकरणले जनाएको छ…