काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज थुनामुक्त हुने भएका छन् । अदालतको आदेशअनुसार उनले सहकारी ठगीसम्बन्धी मुद्दा अब जेलबाहिर रहरै लड्नेछन् । उच्च अदालत तुलसीपुरको बिहीबारको आदेशपछि रवि आज रिहा हुन लागेका हुन् । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका रविलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीशद्वय वासुदेव आचार्य…