काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से ५.७० अंकले बढेर दुई हजार ६२५.७० विन्दुमा पुगेको छ ।
बैंकिङ ४, विकास बैंक ३८, फाइनान्स ४०, हाइड्रोपावर ४, जीवन बीमा ८७, उत्पादन ३३, माइक्रोफाइनान्स ३ र अन्य उपसमूह १ अंकले बढेको छ । त्यस्तै, आज होटल तथा पर्यटन २५, निर्जीवन बीमा ४० र व्यापार उपसमूह १० अंकले घटेको छ ।
आज स्वस्तिक लघुवित्त र एसवाई प्यानल नेपालको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज बाराही हाइड्रोपावरको सेयर १० प्रतिशतले घटेको छ ।
यस दिन ३३२ कम्पनीको ८५ लाख कित्ता सेयर ४ अर्ब ५ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया