काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज थुनामुक्त हुने भएका छन् ।
अदालतको आदेशअनुसार उनले सहकारी ठगीसम्बन्धी मुद्दा अब जेलबाहिर रहरै लड्नेछन् ।
उच्च अदालत तुलसीपुरको बिहीबारको आदेशपछि रवि आज रिहा हुन लागेका हुन् ।
सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका रविलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले सुरु जिल्ला अदालतको आदेश बदर गर्दै रिहाइका लागि आदेश दिएको छ ।
रास्वपाका नेताहरुका अनुसार रविलाई आज जिल्ला अदालत भैरहवामा उपस्थित गराइनेछ । त्यसपछि प्रक्रिया पूरा गरेर रिहा गरिनेछ ।










प्रतिक्रिया