काठमाडौं, २३ चैत । प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार भारत भ्रमणमा गएका छन्। प्रधानमन्त्रीमा निर्वाचित भएपछिको पहिलो विदेश भ्रमणका लागि उनले पूर्ववर्ती सरकारको परम्परा पछ्याउँदै भारतलाई नै रोजेका हुन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नयाँ दिल्ली गएका ओली २५ गतेसम्म भारतमै रहनेछन् । नेपाल वायुसेवा निगमको उडानबाट बिहान ९…