Logo

मुख्य समाचार

प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण भारतबाटै


appharu
   २३ चैत्र २०७४, शुक्रबार


काठमाडौं, २३ चैत । प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार भारत भ्रमणमा गएका छन्। प्रधानमन्त्रीमा निर्वाचित भएपछिको पहिलो विदेश भ्रमणका लागि उनले पूर्ववर्ती सरकारको परम्परा पछ्याउँदै भारतलाई नै रोजेका हुन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नयाँ दिल्ली गएका ओली २५ गतेसम्म भारतमै रहनेछन् । नेपाल वायुसेवा निगमको उडानबाट बिहान ९ बजे भारत गएका ओलीलाई बिदाइ गर्नका विमानस्थलमा सत्तारुढ दलका नेता तथा सरकारका मन्त्रीहरुको बाक्लो उपस्थिति थियो ।
प्रधानमन्त्री ओलीको प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलगायत छन् ।
यस्तै, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, संघीय संसद्का सदस्यहरु शरतसिंह भण्डारी, दीनानाथ शर्मा, रामेश्वर राय यादव, मोतिलाल दुगड, गणेशसिंह ठगुन्ना, शान्ता चौधरी, उमा रेग्मी, रामवीर मानन्धर, सीताराम महतो तथा विमलप्रसाद श्रीवास्तव भ्रमणदलमा सहभागी छन् ।
मुख्यसचिव लोकदर्शन रेग्मी, परराष्ट्र सचिव शंकरदास बैरागी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरे, नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, प्रधानमन्त्रीका निजी चिकित्सक डा दिव्यासिंह शाह, प्रेस सल्लाहकार कुन्दन अर्याल तथा स्वकीय सचिव राजेश बज्राचार्य पनि भ्रमणमा छन् ।

भ्रमण टोलीमा जल तथा ऊर्जा आयोगका सहसचिव माधव बेल्वासे, अर्थ मन्त्रालयका सहसचिव केवलप्रसाद भण्डारी, रेल विभागका महानिर्देशक अनन्त आचार्य, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगाना, शिष्टाचार महापाल दीपक अधिकारी, नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक डा वैद्यनाथ महतो पनि भ्रमण दलमा सहभागी छन् भने पहिलोपटक चलचित्र क्षेत्रबाट कलाकार राजेश हमाल र निर्देशक दिनेश डिसीलाई पनि सामेल गराइएको छ । रासस

प्रकाशित : २३ चैत्र २०७४, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह