नेपाल हस्तकला महासंघको हालै सम्पन्न ४२ औं साधारणसभाबाट अध्यक्षमा निर्वाचित भएका प्रचण्ड शाक्यले हस्तकलाका क्षेत्रमा साढे तीन दशकको अनुभव सँगालिसकेका छन् । वि. सं. २०५८ सालदेखि महासंघमा सक्रिय शाक्य यसअघिको कार्यसमितिमा वरिष्ठ उपाध्यक्षको भूमिकामा रहेका थिए भने हस्तकला डिजाइन तथा विकास केन्द्रको सभापतिको जिम्मेवारी पनि निर्वाह गरेका छन् । विगतका वर्षहरुमा हुने गरेका हस्तकला मेलाको…