काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरु सरकारबाट बाहिरिएपछि अर्थतन्त्रमा समस्या उत्पन्न भएको बताएका छन् । जेनजी आन्दोलनका कारण सत्ताच्यतु भएका तत्कालीन प्रधानमन्त्री ओलीले एमाले सरकारबााट बाहिरिएपछि विश्व बैंकले नेपालको आर्थिक वृद्धिदरको लक्ष्य नै घटाएको दावी गरेका छन् । विश्व बैंकले आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशत हुने प्रक्षेपण गरेको…