विकास निर्माणका काममा सहकार्य र सहजीकरणको अभाव हुँदा योजना सुरु भएको अढाई वर्षभन्दा बढी समयपछि मात्र कञ्चनपुरको महेन्द्रनगरमा बिजुलीको खम्बा स्थानान्तरणका लागि अग्रसरता देखाइएको छ । महेन्द्रनगर बजार र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई लक्ष्य गरी मझगाउँसम्म निर्माण गरिएको सडकमा जथाभावी बिजुलीका खम्बा छरपष्ट देखिएपछि सडक दुर्घटनाको जोखिम बढ्ने भन्दै स्थानीयवासीले विरोध गरेकाले उक्त आयोजना पुनःविचार गरेर…