Logo

Banner-news

स्वास्थ्यसचिव कोइरालाले पूर्वसचिव उपाध्यायलाई भने: तपाइँजस्तो अहंकारी अपराधी म हैन !


GDP Nepal
   २२ चैत्र २०७६, शनिबार


काठमाडौं । सामाजिक सञ्जालमा पूर्वसचिव भीम उपाध्यायले शनिबार बिहान एउटा सनसनी मच्चाउने ट्वीट गरे ।

ट्वीटमा उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित स्वास्थ्यमन्त्री भानुभक्त ढकाल तथा सचिव यादव कोइराला र स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ आइतबारसम्म पदमुक्त हुने उल्लेख छ ।

पूर्वसचिव उपाध्यायले प्रधानमन्त्री केपी ओलीका विवादास्पद सल्लाहकार विष्णु रिमालसमेत पटबाट मुक्त हुने उल्लेख गरेका थिए ।

हेर्नुहोस् उपाध्याय @upadhyayabhim को ट्वीट जस्ताको तस्तैः
भोलि आइतबारसम्ममा विष्णु रिमाल, उपप्रम ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सचिव यादव कोईराला र डिजी महेन्द्र श्रेष्ठ पदबाट हटे भने अचम्म नमान्नु होला । नभए होलसेल मै पदमुक्त हुन बाध्य हुन सक्छ ।

उपाध्यायको ट्वीटको प्रभाव सामाजिक सञ्जालमा डढेलोजसरी फैलियो । पूर्वमाओवादी निकट मानिएका उपाध्याय खानेपानी मन्त्रालयका सल्लाहकारसमेत रहेकाले यो नेकपा अध्यक्ष पुष्पकमल दाहालको लाइनसमेत भनियो ।

तर, स्वास्थ्यसचिव यादव कोइरालालाई यो सह्य भएन । ट्वीटर खासै नचलाउने कोइरालाले उपाध्यायलाई जवाफ फर्काए त्यो पनि व्यक्तिगत आक्षेपसहित । उनले उपाध्यायलाई मेलम्चीमा भ्रष्टाचार गरेकोदेखि अहंकारीसम्मका आक्षेप लगाएका छन् ।

स्वास्थ्यसचिव यादव कोइराला र पूर्वसचिव भीम उपाध्याय

उपाध्याय व्यक्तिगत आक्षेपको तहमा नओर्लिए पनि खरो स्वभावका कोइराला भने यसरी नै यो तहमा झरेका छन् । केही दिनअघि डिजी श्रेष्ठसँगै मुक्कामुक्की गरेर चर्चामा आएका कोइराला यसअघि संघीय मामिला मन्त्रालयमा रहँदा पनि यस्तै चर्चामा थिए ।

हेर्नुहोस् स्वास्थ्य सचिव कोइराला @YadavKoirala4 को जवाफी ट्वीट जस्ताको तस्तैः

भीमजी मेलम्चीमा यहाँले भ्रस्टाचार गरेको समचार पढ्दा मलाइ पनि त्यस्तै लागेको थियो । हेक्का रहोस् अपराधीले अरुलाई पनि अपराधी नै देख्छन् । म देश र जनताको नोकर हँु तपाइँजस्तो अहंकारी अपराधी होइन । म अपराधी र देशद्रोही होइन फेरि पनि हेक्का रहोस् । कोठामा बसेर अरुको चरित्र हत्या नगर ।

प्रकाशित : २२ चैत्र २०७६, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह