Logo

मुख्य समाचार

झण्डै २४ अंकले बढ्यो सेयर बजार, ५ अर्ब २० करोडको कारोबार


GDP नेपाल
   ८ जेष्ठ २०८१, मंगलबार


काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्से २३.९४ अंकले बढेर दुई हजार ११५.९४ विन्दुमा पुगेको छ ।

बैंकिङ १९, होटल तथा पर्यटन १४, हाइड्रोपावर ५३, अन्य ६, फाइनान्स ७५, उत्पादन १०, जीवन बीमा १९, निर्जीवन बीमा २९ र माइक्रोफाइनान्स उपसमूह ६७ अंकले बढेको छ । यस्तै, विकास बैंक १२ र व्यापार उपसमूह १४ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै जानकी फाइनान्स, नेरुडे र्मिर्मिर लघुवित्त, सामूदायीक लघुवित्त र बुद्धभूमी नेपाल हाइड्रोको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज साइन रेसुंगा बैंकको सेयर ४ प्रतिशत भन्दा धेरैले घटेको छ ।

यस दिन ३१७ कम्पनीको एक करोड ३२ लाख कित्ता सेयर ५ अर्ब २० करोडमा कारोबार भएको छ ।

प्रकाशित : ८ जेष्ठ २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह