Logo

बिजनेस होम

टेलिभिजन कार्यक्रम ‘श्री मष्टो’ प्रस्तोता महेश राणा एक्जिटो एक्सलेन्स अवार्डबाट सम्मानित


gdpnepal
   ६ जेष्ठ २०८१, आइतबार


काठमाडौं । टेलिभिजन कार्यक्रम ‘श्री मष्टो’का प्रस्तोता महेश शमशेर राणा एक्जिटको एक्सलेन्स अवार्डबाट सम्मानित भएका छन् ।

राणाले विगत ३० वर्षदेखि राष्ट्रिय टेलिभिजन तथा अन्य मिडियामा प्रत्यक्ष रूपमा आबद्ध भएर आध्यात्मिक कार्यक्रमहरु निर्माण, प्रकाशन एवम् प्रशारण गर्दै आएका छन् ।

विश्वभरी छरिएर रहेका सम्पूर्ण सनातनी नेपालीहरुमा आध्यात्मिक पुनर्जागरणप्रती स्मरण गराउँदै आएको भन्दै उनलाई सम्मान गरिएको हो ।

राणा श्री कालभैरव तन्त्र साधक, आध्यात्मिक पुस्तकहरूका लेखकसँगै सञ्चारकर्मी तथा अपराशक्ति सँग सम्बन्धित टिभी कार्यक्रम श्री मष्टो का प्रस्तुतकर्ता हुन् ।

आइतबार राजधानीमा आयोजित कार्यक्रममा उपसभामुख माननीय इन्दिरा राना मगरले राणालाई एक्जिटो एक्सलेन्स अवार्ड २०२४ द्वारा सम्मान गरेकी हुन् ।

काठमाडौंको प्राचीन मौलिक तन्त्र परम्परालाई विभिन्न लौकिक तथा अलौकिक साधनाको माध्यमबाट जागृत गरेर त्यस बाट उत्पन्न हुने ऊर्जाको माध्यम बाट नेपाली समाजलाई सकारात्मक रूपान्तरणको लागि उनी लागिपरेका छन् ।

प्रकाशित : ६ जेष्ठ २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह