Logo

बिजनेस होम

प्रधानमन्त्रीको खातामा २५ लाख, ५ तोला सुन र घर घडेरी


gdpnepal
   ८ जेष्ठ २०८१, मंगलबार


काठमाडाौं । प्रधानमन्त्री पुष्पकमल दाहालको खातामा २५ लाख रुपैयाँ रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ ।

एभरेष्ट बैंकमा रहेको उक्त खातामा २५ लाख रुपैयाँ रहेको र सो रकम संसद सदस्य भएवापत प्राप्त आम्दानी रहेको प्रधानमन्त्रीको दावी छ ।

यस्तै, प्रधानमन्त्रीसँग ५ तोला सुन रहेको छ भने चितवनको भरतपुर महानगरपालिका वडा नं. १२ र १४ मा घर र जग्गा रहेको उल्लेख छ ।

दुवै सम्पत्ति श्रीमती स्व. सीता दाहालको नाममा छ ।

प्रधानमन्त्रीसँग कुनै बैंक ऋण छैन भने सवारीसाधन आफ्नो नाममा छैन । यस्तै कुनै कम्पनीको शेयर समेत नभएको उनले बुझाएको सम्पत्ति विवरणमा उल्लेख छ ।

प्रकाशित : ८ जेष्ठ २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह