Logo

Banner-news

कृषिजन्य वस्तु आयातमा प्रतिबन्ध लगाऔंः उद्यमी आनन्दराज बतास


GDP Nepal
   १३ बैशाख २०७७, शनिबार


काठमाडौं । नेपालमा कृषि उत्पादन खेतबारीमै कुहिएको तथा भारतबाट भने निर्वाध आइरहेको अवस्थाप्रति किसानमात्र नभइ निजी क्षेत्रका अगुवाहरु पनि उत्तिकै चिन्तित देखिएका छन् ।

लकडाउनका कारण मुलुकभित्रका विभिन्न जिल्लामा किसानले उत्पादन गरेको तरकारी खेर गएको समाचारहरु प्रकाशित भइरहेका छन् । स्थानीय सरकारले पनि सहजीकरण नगरेको किसानको गुनासो छ ।

आनन्दराज बतास

उद्यमी आनन्दराज बतासले शनिबार यो अवस्थाप्रति टिप्पणी गर्दै लेखे–
लकडाउनपछि पनि भारतबाट ठूलो परिमाणमा तरकारी आयात भइरहेको छ तर, नेपाली किसानले उत्पादन गरेको तरकारी भने बारीमा कुहिएको अवस्था छ । स्थानीय सरकारहरुले यसलाई बजारसम्म पु¥याउन सहजीकरण गर्नुपर्नेमा कोरोना संक्रमण फैलिन्छ भन्दै अवरोध नै गरिरहेको देखिन्छ । राजनीतिक मुद्दामा सिंगो मुलुक तात्छ तर किसानका मुद्दामा कोही बोल्दैनन्, किन ?

बतास यतिमै रोकिएनन्, उनले कृषि क्रान्ति शीर्षकमा यसको समाधानको उपायसहित लामो टिप्पणी लेखेका छन्–

कृषि क्रान्ति ?
हालसम्म नेपाल सरकार कृषि मन्त्रालयले तर्जुमा गरेको परिधी, योजनामा मात्रै अनुदान दिने गरेको बुझिन्छ, तसर्थ अरबौंको लगानी भैसक्दा पनि किन कृषिमा थप आकर्षक वा नतिजा निस्कन सकेन ? अब लामो बहस र धेरै समय अध्ययनमा खेर फाल्न जरुरी छैन !!

१) नेपालमा कम उब्जाउ हुने अन्नबाली, सागसब्जी र फलफूलदेखि बाहेक अन्यमा आयात भन्सार दर बढाउने र अर्गानिक मात्रै आयात गर्ने वा आयात पूर्ण प्रतिबन्ध लगाउने । अन्यथा भारतको विशेष अनुदानबाट उत्पादित र चीनको विशाल आधुनीकरणको उत्पादन लागतमा हाम्रो कृषि प्रतिस्पर्धी हुन सक्दैन वा कृषि आयातमा प्रतिबन्ध लगाउने तत्पश्चात स्वाभाविक रुपमा नेपाली बजारको मागले कृषिमा व्यावसायिक स्वरोजगारहरु जन्मने छन् । जसबाट बजारको माग पूर्ति हुनेछ । (डिमान्ड एन्ड सप्लाइ)

२) जग्गाधनीले खेती नगर्दासम्म बाँझो जग्गामा सँधियारले स्वाभाविक रुपमा नगदे बाली, खेती गर्नसक्ने अधिकारको नियम कानुन ल्याउने ।

३) जसरी व्यवसायीले बैंकमा पेस गरेको सम्भाव्यता परियोजना उचित लागेमा मात्रै कर्जा दिए जस्तै आफ्नो गाउँ, हावापानी, जग्गाको छेत्रफल, बजारको माग, आफ्नो अनुभव सीप बमोजिम बनाइ पेस गरेको कुनै नया योजनाको व्यावसायिक सम्भाव्यतालाई सरकारले कृषि अनुदान दिने गर्नुपर्छ ।

४) अरु धेरै उपाय पनि छन्……..अनि मात्रै कृषिमा क्रान्ति…….

प्रकाशित : १३ बैशाख २०७७, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह