Logo

अर्थनीति

अपडेटः लगानी कानुन सुधार्ने अध्यादेश राष्ट्रपतिसमक्ष, आजै जारी होला ?


gdpnepal
   १४ बैशाख २०८१, शुक्रबार


काठमाडौं । सरकारले लगानीसम्बन्धी कानुनहरुको एकीकृत संशोधनसहित अध्यादेश राष्ट्रपतिसमक्ष पठाएको छ ।

आइतबार लगानी सम्मेलन अगावै कानुन संशोधन गर्ने दबाबमा रहेको सरकारले शुक्रबार कार्यालय समयमै अध्यादेश राष्ट्रपति कार्यालयमा पठाएको हो ।

राष्ट्रपति कार्यालयले अध्ययनको लागि भन्दै समय लिएन भने आजै यो जारी हुनसक्ने बताइएको छ ।

यसअघि प्रस्तावित हदबन्दीभन्दा बढी जग्गा एकपटकका लागि बिक्री गर्न पाउने व्यवस्थामा संशोधन गर्दै आफैंले खरिद गरेको जग्गाका हकमा मात्र यो व्यवस्था गरिने व्यवस्था गरिएको छ ।

सरकारले भूमि ऐन, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन, विद्युतीय (इलोक्ट्रोनिक) कारोबार ऐन, विशेष आर्थिक क्षेत्र ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, वन ऐन र औद्योगिक व्यवसाय ऐनका केही व्यवस्था संशोधन गर्ने निर्णय गरेको थियो ।

प्रकाशित : १४ बैशाख २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह