काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको दोस्रो प्रयास पनि असफल भएको छ ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ । यस्तै,
नेपाली कांग्रेसका सभापति शेरबादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।
प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणासहित पाँच सदस्यीय संवैधानिक इजलासले यस्तो फैसला गरेको हो ।
प्रतिक्रिया