Logo

सूचना/प्रविधि

दराजको समान आइएमई पेबाट भुक्तान गर्दा आईफोन १२ उपहार !


GDP Nepal
   १ श्रावण २०७८, शुक्रबार


काठमाडौं । आइएमई पे र ई–कमर्स प्लेटफर्म दराजवीच सम्झौता भएको छ । सम्झौता अनुसार दराजका सेवाग्राहीहरुले दराजबाट समान खरिद गर्दा आइएमई पेबाट सजिलै भुक्तानी गर्न सकिने जनाइएको छ ।
शुक्रबारबाट सुरु भएको हुने १ रुपैयाँ गेम र आइतबारबाट सुरू हुने दराज महाबचत उपहार योजनामा सहभागी भइ आइफोन १२ लगायत थुप्रै उपहार प्राप्त गर्न सकिने जनाइएको छ ।

सम्झौता पत्रमा आइएमई पेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास कुमार नाहाटा र दराज केमु प्रा.लि नेपालका प्रबन्ध निर्देशक लिनो अह्लेरिङ्गले हस्ताक्षर गरे ।

बुधवार पानीपोखरी स्थित आइएमई ग्रुपको केन्द्रीय कार्यालयमा आयोजित सम्झौता आदानप्रदान कार्यक्रममा बोल्दै आइएमई डिजिटल सोलुसन लिमिटेडका अध्यक्ष एवम् आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले दराज जस्तो ई–कमर्श कम्पनी र आइएमई पे जस्तो डिजिटल भुक्तानी सेवा प्रदायकवीच भएको सहकार्यले नेपाल सरकारले अघि सारेको डिजिटल नेपाल अभियानमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताए ।

प्रबन्ध निर्देशक ढकालले कोभिड– १९ ले प्रभावित साना तथा मझौला उद्योगव्यवसायलाई डिजिटल माध्यमबाट बजारसँग जोडि डिजिटल कारोबारको माध्यमबाट व्यवसायको अभिवृद्धिमा दराज र आइएमई पेले सक्दो भूमिका खेल्ने प्रतिवद्वता व्यक्त गरे ।

प्रकाशित : १ श्रावण २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह