Logo

अर्थनीति

बजार अनुगमनको पक्षमा महासंघ, बिलबिजक जारी नगर्ने व्यापारीको भण्डाफोर र बहिस्कार गर्न आह्वान


appharu
   २८ असार २०७५, बिहिबार


काठमाडौं । निजी क्षेत्रले सरकारको बजार अनुगमन प्रणालीमाथि आपत्ति जनाइरहेका बेला निजी क्षेत्रकै छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले भने बिलबिजक जारी नगर्ने व्यापारीको भण्डाफोर र बहिस्कार गर्न आह्वान गरेको छ ।

महासंघले बिहीबार एक विज्ञप्ति जारी गर्दै सबै व्यावसायिक सदस्य संघ/संस्था मार्फत मुलुकभर क्रियाशील व्यापारीहरूलाई स्वच्छ र पारदर्शी व्यापार व्यवसाय गर्न आह्वान गरेको हो ।

विज्ञप्तिमा भनिएको छ– यथार्थमुल्यमा बील बिजक जारी गरेर मात्र व्यापार व्यवसाय संचालन गर्न आव्हान गर्दछ । डर, त्रास र भयमुक्त भै स्वच्छ व्यापारका लागि बिना दर्ता, वा बील बिजक जारी नगरी, न्यून मूल्यमा, कम वा बढी परिमाण गरी हुने बस्तु तथा सेवाको कारोवार गर्ने/गराउने व्यवसायीलाई सबै तह र तप्काले बहिष्कार तथा तीनको परिचय समेत सार्वजनिक गर्न अनुरोध गर्दछ ।

यस्तै, उत्पादन, थोक तथा खुद्रा एवं आम उपभोक्ताहरूले आफुले खरिद, बिक्री गरेको बस्तु र सेवाको यथार्थ परिमाण र यथार्थ भुक्तानी मूल्यको बील बिजक लिएर÷दिएरमात्र कारोवार गर्न पनि महासंघले सबैमा आग्रह गरेको छ ।

महासंघले आफू मुलुकभित्र सधै स्वच्छ र पारदर्शी व्यापार व्यवसायको पक्षपाती रह“दै आएको र सरकारबाट समय समयमा बजार अनुगमन हुनुपर्दछ भन्ने कुरामा दृढ रहेको जनाएको छ ।

आफूले खरिद गर्ने सामानमा उत्पादन तथा उपभोग्य मिति उल्लेख भए÷नभएको एकिन गरी खरिद विक्री गर्न, उपभोग्य मिति गुज्रेको माल वस्तु विक्रीवितरण नगर्न, कानुनले तोकेको अत्यावश्यक बस्तुहरुको सिमाभित्र रहेर मूल्य र नाफा लिई सामान विक्री वितरण गर्न, बील बिजक जारी गर्न, सबैले देख्ने गरी अत्यावश्यक बस्तुहरूको मूल्य सूची राखेर वा सकभर बस्तुमै मूल्य राखेर कारोवार गर्न÷गराउन महासंघले सवै व्यवसायीमा आग्रह पनि गरेको छ ।

बजारलाई स्वच्छ र पारदर्शी बनाई आम उपभोक्तालाई गुणस्तरीय सेवा दिन निजी क्षेत्र सदैव तयार र प्रतिवद्ध छ । गैह्र कानुनी कार्य गर्नेलाई सदैव कानुनको दायरामा ल्याउनु पर्ने र स्वच्छ व्यापार व्यवसाय गर्नेले निर्वाध व्यापार व्यवसाय गर्न पाउनु पर्नेमा महासंघको जोड छ ।

जनतालाई सरकारबाट राहतदिने भनेकै करको माध्यमबाट हो । यथार्थ मूल्यमा आयात, निर्यात र कारोबार गराउन सरकारबाट पनि हालका बिद्यमान करका दरहरू न्यूनतम कायम गरी खुल्ला सिमानाबाट भैरहेको अनधिकृत व्यापार नियन्त्रणमा सुन्य सहनशिलता राख्न समेत महासंघले अनुरोध गरेको छ ।

प्रकाशित : २८ असार २०७५, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह