Logo

राजनीति

भीम रावलः आवेगमा राजीनामा, शर्मानक रुपमा फिर्ता !


GDP Nepal
   ८ श्रावण २०७८, शुक्रबार


काठमाडौं । नेकपा एमाले सांसद भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् । एक साताअघि राजीनामा दिएका रावलले राजीनामा फिर्ता लिनसक्ने टिप्पणी सामाजिक सञ्जालमा सुरुदेखि नै चर्चामा थियो । अन्ततः एमाले उपाध्यक्ष समेत रहेका सांसद रावलले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर राजीनामा फिर्ता लिएका हुुन् ।

रावलले सांसद पदबाट राजीनामा फिर्ता लिएको सभामुखका स्वकीय सचिव श्रीधर न्यौपानेले पुष्टि गरेका छन् । आवेका राजीनामा गरेका रावललाई राजीनामा फिर्ताका लागि एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाललगायत सुदूरपश्चिमका सांसदहरुले आग्रह गर्दै आएका थिए ।

नेपाल समूहबाट वार्ता समिति संयोजक रहे पनि पछिल्लो समय ओलीनिकट रहेका रावल १० बुँदे सहमति अनुसार पार्टीमा मेलमिलाप हुन नसकी नेपाल पक्षले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा विश्वासको मत दिने निर्णय गरेसँगै राजीनामाको घोषणा गरेका थिए ।

रावलले देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालय र सर्वोच्च अदालतमा बुझाइएको निवेदनमा भने आफैंले हस्ताक्षर गरेका छन् ।

प्रकाशित : ८ श्रावण २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह