Logo

Banner-news

यी हुन् टेलिकमको नाफामा कमी आउनुका प्रमुख ५ कारण !


GDP Nepal
   ३१ श्रावण २०७८, आइतबार


काठमाडौं । नेपाल टेलिकमको आम्दानीमा वृद्धि भए पनि मुनाफा भने घटेको छ । वार्षिक आम्दानी ३.७ प्रतिशतले बढे पनि वार्षिक नाफा भने २३ प्रतिशतले घटेको टेलिकमले जनाएको छ ।

अघिल्लो वर्ष ९ अर्ब ७४ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको टेलिकमले गत आर्थिक वर्षमा भने ७ अर्ब ४५ करोड ४० लाख रुपैयाँमात्र नाफा कमाएको छ ।

टेलिकमका अनुसार कम्पनीको नाफामा कमी आउनुका मुख्य ५ करण यी हुन्ः
१. कोभिड–१९ को महामारीको प्रत्यक्ष असरका कारण विश्वव्यापी रुपमा व्यापार व्यवसायमा कमी आएको ।
२. बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेप तथा कल निक्षेपमा प्राप्त हुने व्याजदर अघिल्लो बर्षको तुलनामा चालु आ.व. मा घट्न गएको हुंदा व्याज आम्दानीमा कमी आएको ।

३. कोभिड–१९ को महामारीलाई लक्षित गरी कम्पनीबाट ग्राहकलाई निकै कम मूल्यमा डाटा प्याकेज उपलव्ध गरिएको हुंदा अघिल्लो वर्षको तुलनामा डाटा खपत बढे पनि राजश्व आशातितरुपमा वृद्धि हुने अवस्था नरहेको ।

४. कोभिड–१९ महामारी र अन्तर्राष्ट्रिय यात्रामा लागु भएको प्रतिबन्धका कारणले अन्तर्राष्ट्रिय रोमिङ सेवामा अभुतपूर्व गिरावट आएको तथा ओटीटीको वढ्दो प्रयोगले अन्तर्राष्ट्रिय अन्तरआवद्दता सेवामा भारी गिरावट आएको ।

५. समीक्षा अवधिमा वाह्य श्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादरमा भएको वृद्धि, मर्मत संभार खर्चमा भएको वृद्धि, विदेशी मुद्रा सटहि दरमा आएको परिवर्तन तथा फोरजी–एफटीटीएच जस्ता नविन प्रविधि जडान गरिएकोले ह्रास कट्टीमा भएको वृद्धि आदिका कारणले व्ययभार बढ्न गई मुनाफामा असर परेको ।

प्रकाशित : ३१ श्रावण २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह