काठमाडौँ ।
गत वर्षको तुलनामा नेपाल विद्युत प्राधिकरणको आम्दानी ६।५९ प्रतिशतले घटेको छ । प्राधिकरणले आर्थिक वर्ष २०७७/०७८ मा विद्युत विक्रीबाट ७१ अर्ब २८ करोड आम्दानी गरेको छ । गत वर्ष २०७६/०७७ मा प्राधिकरणले ७६ अर्ब ३१ करोडको आम्दानी गरेको थियो ।
त्यस्तै, एक वर्षको अवधिमा १.९१ प्रतिशतले विद्युत चुहावट बढेको छ । प्राधिकरणको ३६औँ वार्षिकोत्सवमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निषेधाज्ञाले नियमित मिटर रिडिङ र विद्युत चुहावट नियन्त्रण कार्य प्रभावित हुँदा घाटा र चुहावट बढेको बताए । यस्तै, एक वर्षको अवधिमा प्राधिकरणको ग्राहक ७.३७ प्रतिशतले वृद्धि भएका छन् ।
प्रतिक्रिया