काठमाडौँ ।
तेह्रथुम पावर कम्पनीले यही भदौ ९ गतेदेखि आईपीओ बिक्रि खुल्ला गर्ने भएको छ । भदौ १३ गतेसम्म आवेदन दिन सकिने छ । प्रतिसेयर अंकित मूल्य १ सयका दरले ८ लाख कित्ता सर्वसाधारण समुहले शेयर निष्कासन हुन लागेको हो ।
यसको ५ प्रतिशत सामुहिक लगानी कोषका लागि र २ प्रतिशत कर्मचारीका लागि छुट्याएपछि बाँकि रहेको ७ लाख ४४ हजार कित्ता सेयर सर्वसाधारणका लागि बाँडफाँड हुनेछ ।
कम्पनीको आईपीओमा न्युनतम १० कित्ता र अधिकतम ६० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । तेह्रथुम जिल्लामा कम्पनीले ७।५ मेगावाट क्षमताको आयोजनाबाट बिजुली उत्पादन गर्नेछन् ।
प्रतिक्रिया