काठमाडौँ ।
रुरु जलविद्युत परियोजना लिमिटेडले एकैपटक दुई आर्थिक वर्षका लाभांश घोषणा गरेको छ ।
कम्पनीको आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको हो । मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १०.५२६३५ नगद लाभांश र आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १०५ बोनस सेयर र उक्त बोनसमा लाग्ने कर तिर्न ०.५२६३५ नगद लाभांश वितरण गर्ने भएको छ ।
कम्पनीको उक्त लाभांश आगामी १५ औँ र १६ औँ वार्षिक साधारण सभाबाट पारित गरेपछि वितरण गरिनेछ छ ।
प्रतिक्रिया