Logo

मुख्य समाचार

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सबै युनिटबाट विद्युत् उत्पादन सुरु


GDP नेपाल
   २ भाद्र २०७८, बुधबार


काठमाडौँ ।

४५६ मेघावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका सबै युनिटहरु पूर्णरुपमा सञ्चालन भएका छन् । मंगलवार आयोजनाको छैटौं युनिटबाट पनि परीक्षण उत्पादन शुरु भएपछि माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका सबै युनिटहरु सञ्चालनमा आएको हो ।

यसअघि पहिलो युनिट असार २१ गते, दोस्रो युनिट असार २९ गते, तेस्रो युनिट साउन ८ गते, चौथो युनिट साउन १८ गते तथा पाँचौं युनिट साउन २६ गते सञ्चालन गरिएको थियो ।

आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ भने अब छैटौं युनिट सञ्चालनमा आएसँगै केहि समय पछि आयोजनाले पूर्ण क्षमतामा व्यावसायिक उत्पादन शुरु गर्ने बताइएको छ ।

प्रकाशित : २ भाद्र २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह