Logo

विकास / पूर्वाधार

संघीयता सफल बनाउन सघाउने एडीबी उपाध्यक्षको आश्वासन


appharu
   ३० चैत्र २०७४, शुक्रबार


जीडीपी नेपाल
काठमाडौं, ३० चैत
एसियाली विकास बैंकका उपाध्यक्ष वेन्चाइ झाङले नेपाल संघीयता प्रवेश गरेकाले अहिलेको अवस्थामा उत्पन्न समस्या समाधान गर्न सहयोग गर्ने बचन दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा उपाध्यक्ष झाङले सहयोगको प्रतिबद्धता जानएका हुन् ।

दुईदिने नेपाल भ्रमणम आएका झाङले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बिहीबार भेट गरेका थिए ।

उपाध्यक्ष झाङले अहिले नेपाल संघीय संरचनामा प्रवेश गरेको र संघीय संरचना विकासको संक्रमणकालीन अवस्थामा रहेकाले यस अवस्थालाई सफलतापूर्वक अगाडि डोहो¥याउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

उक्त अवसरमा झाङले सरकारका मुख्य प्राथमिकताका क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
यसअघि झाङले अर्थमन्त्री डा. युवराज खतिवडा र अर्थसचिव राजन खनालसँग भेटका क्रममा एडिबीले नेपालको विकासका लागि सहकार्य गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रकाशित : ३० चैत्र २०७४, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह