Logo

बैंक / बिमा /शेयर

१८ अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम २० अर्ब


GDP नेपाल
   ३ भाद्र २०७८, बिहिबार


काठमाडौँ ।

साताको अन्तिम दिन बिहिबार नेप्से परिसूचकमा १८.२४ अंकले ओरालो लागेको छ । आज २२९ कम्पनीको ३ करोड १० लाख कित्ता सेयर २० अर्ब ४९ करोड ९२ लाख रुपैयाँमा किनबेच भएको छ ।

जीवन बीमा समूह ४६८ अंक र निर्जीवन बीमा समूह ४५७ अंकले बढेको छ। लघुवित्त समूह ५० र अन्य समूह ३४ अंकले बढेको छ । सबैभन्दा बढी घट्ने समूहमा विकास बैंक समूह १६२ अंक र जलविद्युत समूह १२३ अंकले घटेका छन्। फाइनान्स समूह ७३, व्यापार समूह ३० र बैंकिङ समूह पनि २० अंकले घटेको छ।

रिडी हाइड्रोपावरको ८ प्रतिशत, साना किसान विकास बैंकको ७ प्रतिशत र सिइडिबी हाइड्रोपावरको सेयर मूल्य ६ प्रतिशतले बढेको छ। अरुण काबेली र अरुण भ्यालीको समान एक अर्ब १६ करोड रुपैयाँको, नेशनल हाइड्रोपावरको ८३ करोड, रिडी हाइड्रोपावरको ५८ करोड र एचआइडिसीएलको ४८ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

 

प्रकाशित : ३ भाद्र २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह