Logo

मुख्य समाचार

विकास बजेट समयमै खर्च हुन नसक्दा बजारमा तरलता अभाव : मल्ल


GDP नेपाल
   ४ भाद्र २०७८, शुक्रबार


काठमाडौँ ।

नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बजेटमा विनियोजन गरिएको पुँजीगत खर्च (विकास बजेट) समयमै खर्च हुन नसक्दा बजारमा तरलता अभाव हुने गरेको बताएका छन् ।

नेपाल चेम्वर अफ कमर्सका पदाधिकारी तथा कार्य समिति सदस्य र अर्थ मन्त्रालयका सचिव मधु कुमार मरासिनीबीच बिहिबार भएको छलफल कार्यक्रममा आर्थिक वर्ष २०७७/७८ मा भएको पुँजीगत खर्च पनि विगत सरहनै न्यून रहेकोले आर्थिक वर्ष २०७८/७९को बजेटमा विनियोजन गरिएको पुंजीगत खर्च समयबद्ध तालिका अनुसार खर्च गरिनु पर्ने र प्रत्येक त्रैमासिकमा यसको प्रभावकारी अनुगमन गरिनु पर्ने नेपाल चेम्बर अफ कमर्सको धारणा रहेको मल्लल बताए ।

अध्यक्ष मल्लले कृषि क्षेत्रलाई प्रोत्साहन दिन कृषिमा यान्त्रीकरण, वैज्ञानिकीकरण एवम व्यावसायीकरण हुनु पर्ने र कृषि उत्पादन ढुवानीको लागि भंसार सहुलियतमा गाडीको सुबिधा उपलब्ध हुन सकेमा ढुवानी लागतमा कमी भइ आन्तरिक तथा वाह्य व्यवसाय वृद्धि हुन जाने र कृषकहरुको उत्पादन बजारीकरण सुव्यवस्थित हुन जाने चेम्वरको धारणा रहेको जनाएका छन् । सो

अवसरमा उनले बिमा व्यवसायलाई सरलीकृत गर्न साबिकमा प्रिमियम वापत चेकबाट भएको भुक्तानीलाइ मान्यता दिँदै आएकोमा हाल चेकबाट नगद जम्मा भए पछि मात्र मान्यता दिने व्यवस्था गरेको जानकारी दिँदै यसबाट व्यवसायमा सहजीकरण नहुने भएकोले साबिक व्यवस्था अनुसारनै चेक भुक्तानीलाइ मान्यता दिनु पर्नेमा जोड दिए । त्यस्तै, उनले राजश्व परामर्श समितिमा निजी क्षेत्रको प्रतिनिधित्वको लागि पनि आग्रह गरेका छन् ।

छलफलमा मल्ले रुग्ण उद्योगलाई सहुलियत बैंक ब्याजदर, कृषि उपजको बजार सुरक्षण तथा महँगी नियन्त्रणका लागि २ वर्षको लागि कृषि उत्पादनको बाइ व्याक अन्तरगत बफर स्टक राख्ने, निर्यातलाइ प्रोत्साहन दिन निर्यात अनुदान,. विदेशमा रोजगारी गुमाएकालाई स्वदेशमै रोजगारी, लगानीको स्रोतको वैधतामा सरलीकरण, विदेशी लगानी, रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा प्रवाह र घर जग्गा खरिद बिक्रीमा ब्रोकर लाइसेन्सको व्यवस्था बारेमा समेत कुरा उठाएका छन् ।

त्यस्तै, छलफलमा सहभागी अर्थ मन्त्रालयका सचिव मधु कुमार मरासिनीले उक्त अवसरमा चेम्वरबाट प्रस्तुत बिषयहरुलाई मन्त्रालयले सकारात्मक रुपमा लिएको र आम नागरिक, व्यवसायी र सरकारलाइ हित हुने गरी व्यवसाय संचालन गरिने बताएका छन् । मरासिनीले व्यवसायीहरुको आत्म विश्वास वढाउन सरकार प्रटिबद्ध रहेको बताए ।

सो छलफलमा चेम्वरका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल, उपाध्यक्ष दीपक मल्होत्रा, दीपक श्रेष्ठ, उर्मिला श्रेष्ठ तथा चेम्वर कार्य समिति सदस्य तथा राजश्व समितिका सभापति पर्शुराम दाहाल तथा वाणिज्य तथा व्यापार सहजीकरण समितिका सभापतिनिरज राई र कार्य समिति सदस्य सुवास संघाइकोे पनि उपस्थिति रहेको थियो ।

प्रकाशित : ४ भाद्र २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह