Logo

Banner-news

नियमित विद्युत आपूर्ति र सेवा प्रवाह सुधारमा केन्द्रित हुन घिसिङको निर्देशन


GDP नेपाल
   ७ भाद्र २०७८, सोमबार


काठमाडौँ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपभोक्ताका समस्यालाई मध्यनजर गर्दै नियमित विद्युत् आपूर्ति र सेवा प्रवाह सुधारमा केन्द्रित हुनु निर्देशन दिएका छन् ।

आज वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक, सात वटै प्रादेशिक कार्यालय, प्रदेश डिभिजन कार्यालय र शाखाका प्रमुखसँग बसेको भर्चुअल बैठकमा घिसिङले सो निर्देशन दिएका हुन् । पछिल्ला दिनहरुमा ग्राहकबाट बत्ती जाने गरेको गुनासो धेरै आएको बताउँदै उनले गुणस्तरीय विद्युत् आपूर्ति, सेवा प्रवाहमा सुधार र सुशासन कायम गर्नमा सबैलाई कठोर बन्न निर्देशन दिएका हुन् ।

‘छिनछिनमा बत्ती जाने गरेको, गुनासो गर्दा नो लाइटमा फोन नउठ्ने, गुनासो सम्बोधन नहुने जस्ता गुनासो मलाई मात्रै हैन ऊर्जा मन्त्रीज्यूकोमा समेत आउने गरेको छ यस्ता गुनासोलाई तत्काल समाधान गर्नुस् ।साथै उपभोक्तालाई नियमित, गुणस्तरीय, भरपर्दो विद्युत् आपूर्ति र सेवा प्रवाह सुधारमा केन्द्रित हुनुपर्छ,’ उनले भने, ‘संस्थाभित्रको सुशासन कायम गरी ग्राहकलाई दिने सेवा सुधार गर्न आफैँ सुध्रिएर नैतिक आचरण देखाउनुपर्छ, चुहावट नियन्त्रण अभियान रोकिएको छ, पालिका र प्रशासनसँगको समन्वय र सहकार्यमा यसलाई तत्काल सुरु गर्नुपर्छ ।’

त्यस्तै, ‘उज्यालो र सफा सहर अभियान’ चलाउने घोषणा गरेको प्राधिकरणले उज्यालो सहर अभियानअन्तर्गत नगरपालिकाहरूसँगको समन्वय र सहकार्यमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदाहरू, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानहरूमा सजावटयुक्त स्मार्ट लाइट जडान र सफाइ अभियानअन्तर्गत मुख्य तथा सहायक सडकहरूमा रहेका प्रयोगविहीन विद्युतीय पोल तथा तारहरू हटाउने काम अघि बढाउन निर्देशन दिएको छ ।

प्रकाशित : ७ भाद्र २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह