Logo

राजनीति

सरकारसंँग अबको लडाइँ काठमाडौंबाटै: डा. केसी


appharu
   ३ श्रावण २०७५, बिहिबार


काठमाडौं । २० दिनदेखि जुम्लामा अनसनरत डा. गोविन्द केसीलाई आज सरकारले जवर्जस्ती काठमाडौं ल्याएको छ ।

स्थानीय प्रशासनले बल प्रयोग गर्दा भएको झडपमा थुप्रै विद्यार्थी घाइते भएपछि डा. केसी काठमाडौं आउन तयार भएका हुन् ।

डा. केसीले आफ्ना मागमा केही पनि ‘कम्प्रोमाइज’ नगर्ने र काठमाडौंबाट अझ सशक्त रुपमा लडाईंमा उत्रिने घोषणा गरेका छन् । अगािड सारीएका मागहरु पूरा गरेर छाड्ने भन्दै उनी जुम्लाबाट विदा भएका थिए ।

केसी अनसनरत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा झडपका क्रममा एक जना प्रहरीसमेत घाइते भएका छन् । झडपबाट डा. गोविन्द केसी निकै दुखी भएका छन् । उनले थप घटना नहोस भन्दै आफु काठमाडौं जान तयार भएका हुन ।

उनलाई लिन नेपाली सेनाको हेलिकोप्टर जुम्ला गएको थियो । डा. केसीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट स्ट्रेचरमा राखेर नेपाली सेनाको व्यारेकमा रहेको हेलिप्याडमा ल्याइएको छ ।

सुरुमा उनी सरकारी हेलिकप्टर चढ्न नमानेपनि प्रशासनको धरपकड बढेपछि राजी भएका हुन । शिक्षामन्त्री गिरिराजमणि पोखरेलका अनुसार काठमाडौं ल्याएर केसीलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिनेछ ।

प्रकाशित : ३ श्रावण २०७५, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह