Logo

राजनीति

प्रदेश १ मुख्यमन्त्रीमा भीम आचार्य, विश्वासको मत पाउन मुश्किल


GDP Nepal
   १० भाद्र २०७८, बिहिबार


काठमाडौं । प्रदेश १ को नयाँ मुख्यमन्त्रीमा नेकपा एमाले सचिव भीम आचार्य नियुक्त भएका छन् । आचार्यले बिहीबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसँग पद तथा गोपनियताको शपथ पनि लिएका छन्।

यसअघि एमाले प्रदेश संसदीय दलको बैठकले आचार्यलाई दलको नेता चुनेको थियो भने मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएका थिए ।

राईकै प्रस्तावमा आचार्य संसदीय दलको नेता चयन भएका हुन् । एमालेको बहुमत रहेका कारण आचार्य मुख्यमन्त्रीमा सहजै नियुक्त भए पनि दल विभाजनका कारण कति सांसद माधव नेपालको पक्षमा लाग्ने हुन् भन्ने खुलिनसकेका कारण आचार्यले विश्वासको मत भने सहजै पाउने देखिँदैन ।

यद्यपि, नेपाल पक्षका बलबहादुर साम्सोहाङ, होमकुमारी सावा, जीवन घिमिरे, लक्ष्मण तिवारी, लिलाबल्लब अधिकारी, यसोधा अधिकारी र साबित्री जोशी संस्थापन पक्षमै फर्किएका कारण बहुमत पुग्नेमा आचार्य आशावादी छन् ।

माधव नेपाल समूहले भने प्रदेश १ का १५ सांसद रहेको दावी गर्दै आएको छ ।

प्रकाशित : १० भाद्र २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह