Logo

विकास / पूर्वाधार

निर्माणाधीन अवस्थामा रहेको पुल अलपत्र


GDP नेपाल
   १३ भाद्र २०७८, आइतबार


सर्लाही  ।

लालबन्दी र ईश्वरपुर जोड्ने फुलजोर खोलाको डेढमहिनाअघि बाढीले क्षति पुर्‍याएको पुल निर्माण अलपत्र परेको छ । लालबन्दी नगरपालिका–३ जब्दी र ईश्वरपुर नगरपालिका–८, रामपुरलाई जोड्ने फुलजोर खोलाको निर्माणाधीन पुलमा क्षति पुर्‍याएको डेढ महिना पुगे पनि पुल पुनःनिर्माणको काम अघि बढ्न सकेको छैन् ।

पुल ढलान भएको दुई सातामै सामान्य पानी पर्दैमा क्षति पुगेको र पुनः निर्माणको काम क्षति पुगेको डेढ महिना भइसक्दा पनि पुनःनिर्माण हुन सकेको छैन । ठेकेदारले बेलैमा काम नगरेका कारण बाढीले पुलमा क्षति गरेको र पुनःनिर्माणमा ठेकेदार कम्पनी मौन देखिएको ईश्वरपुर–८ का वडाध्यक्ष श्यामबहादुर थापाले बताउनुभयो ।

गत असार १५ गते परेको सामान्य पानीका कारण २०० मिटर लामो पुलमध्ये करिब ४० मिटरमा क्षति पुगेको छ । सम्झौताअनुसार पुल गत असार मसान्तमै निर्माण सकेर हस्तान्तरण गर्नुपर्ने भए पनि ठेकेदार कम्पनीले निर्माण सुस्त गरेका कारण पुलको समयमै सम्पन्न हुन नसकेको लालबन्दी–३ का वडाध्यक्ष रामनारायण चौधरीले बताउनुभयो ।

पुल निर्माणको काम पूरा नहुँदा लालबन्दी र ईश्वरपुरसहित अन्य छिमेकी स्थानीय निकायबाट हाटबजार गर्न र किनमेल गर्न लालबन्दी आउने स्थानीयवासीलाई समस्या परेको छ । ठेकेदार कम्पनीले लापरवाही ढङ्गले काम गरेको र समयमै कामदारको भुक्तानी नगरेका कारण पुल निर्माणमा ढिलाइ भएको ईश्वरपुरका नगर प्रमुख मनोजकुमार देवकोटाले बताउनुभयो । पुल निर्माणका लागि पप्पु शिवशङ्कर जेभीले रु १२ करोडमा ठेक्का लिएको हो ।

प्रकाशित : १३ भाद्र २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह